सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरपालिकाद्वारा सुरक्षाकर्मीलाई विपद् सामग्री हस्तान्तरण


  •    न्युजभित्तो/१८ असार २०८२, बुधबार १६:३० 
  • चितवन, १८ असार । विपद्को पूर्व तयारीका लागि भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापन सामाग्री वितरण गरेको छ ।

    बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय चितवनर र ट्राफिक कार्यालय चितवनलाई हस्तान्तरण गर्नुभयो । जिल्ला प्रहरी कार्यालय चितवनलाई गम बुट १ सय जोर, हेलमेट १ सय थान, टुचन १ थान, लाइफ ज्याकेट १० थान, स्टेचर १ थान, उड कटर १ थान र रोड डिभाइडर २ थान वितरण गरिएको जिन्सी शाखा प्रमुख झलक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    यस्तै ट्राफिक कार्यालय चितवनलाई गम बुट ५० जोर, हेलमेट ५० थान, टुचन १ थान, लाइफ ज्याकेट १० थान, स्टेचर १ थान, उड कटर १ थान र रोड डिभाइडर २ थान हस्तान्तरण गरिएको श्रेष्ठले बताउनुभयो । सम्बन्धित निकायहरुले विपद् व्यवस्थापनका सामग्री अत्यन्त जरुरी भएको भनि माग गरेपछि महानगरपालिको निर्णयपछि विपद् सामग्री वितरण गरिएको प्रमुख दाहालले जानकारी दिनुभयो ।

    हस्तान्तरण गरिएका सामाग्री खोज तथा उद्दारका छन् । ७ लाख बराबरको समाग्री महानगरपालिकाले हस्तान्तरण गरेको बताइएको छ । यी सामग्रीको हस्तान्तरणले समुदायस्तरबाट पनि विपद् व्यवास्थापनमा सहयोग पुग्ने अपेक्षा महानगरको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.