सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

“चितवनमा रातो च्याउको परीक्षण उत्पादन सुरु”


  •    न्युजभित्तो/१८ असार २०८२, बुधबार १३:११ 
  • चितवन, १६ असार । व्यवसायिक किट विकास फार्म भण्डाराले रातो च्याउ (ग्यानोडर्मा) को उत्पादन सुरु गरेको छ । पहिलो पटक फार्मले यो च्याउ उत्पादन सुरु गरेको हो ।

    बीउ राखेको ६० दिनदेखि उत्पादन दिन सक्ने यो च्याउ फार्मको च्याउ खेती प्रविधि प्रदर्शनी कार्यक्रम अन्तर्गत उत्पादन गर्न सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी जीवन सापकोटाले उत्पादन लिन सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार फार्मले अहिले ६ सयवटा पोकामा यो च्याउको परिक्षण उत्पादन गरेको छ । काठमाडौंबाट ल्याइएको बीउलाई काठको धुलो, चोक्कर, चुन र जिप्सनको मिश्रणगरी बनाईएको पोकामा राखेर यसको परीक्षण गरिएको हो । उहाँले भन्नुभयो “अहिले हामीले दोस्रो चरणको उत्पादन लिई सकेका छौ । अब तेस्रो चरणको उत्पादन लिन तयारी भएको छ ।”
    अहिले नेपाको काठमाडौंमा केही ठाउँमा यो च्याउ उत्पादन हुने गरेको छ । यस च्याउलाई तापक्रम र आद्रता मिलाएर सुकाएर धुलो वनाएर प्रयोग गर्ने गरिएको फार्मकी प्रमुख सुरुचि त्रिपाठीले जानकारी दिनुभयो । नसर्ने रोगका बिरामीहरुले यो च्याउ नियमित प्रयोग गर्ने गरेको पाईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यो च्याउमा औषधि जन्य गुणहरु हुने गर्दछ ।”

    यस च्याउको प्रयोगले उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने, मधुमेह नियन्त्रणमा सहयोग पु¥याउने, क्यान्सर प्रतिरोधी गुण भएको, शरिरको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने, डिप्रेसन एबं अनिदोपना हटाउन सहयोग गर्ने गुण भएको त्रिपाठीले बताउनुभयो । यसकाकारण यसलाई नसर्ने रोग लागेकाहरु बिहान दिउँसो चिया कफीमा प्रयोग गरेर खाने गरेको उहाँले जानकारी दिनुभयो । यसलाई दुध खुवाउदै गरेको आमा, ५ वर्ष मुनिका बच्चा र शल्यक्रिया गरेर बसेका बिरामीहरुलाई प्रयोग गर्न दिन नहुने भएकाले यसको महत्व र उपयोगिता अध्ययनका लागि पहिलो पटक परीक्षण गरिएको हो । यो च्याउ अहिले नेपालमा बिदेशबाट आउने गरेको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.