भरतपुर, १६ असार । होली भिजन पब्लिक स्कुलमा अध्ययन गरी एसईई २०८१ उत्तीर्ण विद्यार्थीहरुलाई आज सोमबार बधाई ज्ञापन गर्दै शुभकामना प्रदान गरिएको छ ।
विद्यालयले आयोजना गरिएको कार्यक्रममको उद्घाटन गर्दै होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले एसईई उत्तीर्ण विद्यार्थीहरुले शिक्षक अभिभावको सल्लाह र आफ्नो भविष्य बुझेर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
विद्यालयका प्राचार्य मीनराज बस्ताकोटीले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै नतिजा प्राप्त गर्न सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा माध्यमिक तह प्रमुख कलमकान्त लामिछाने, विद्यालयका +टु संयोजक सिके बस्ताकोटी, कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रजी ढुङ्गाना, पूर्व विद्यार्थी पूजा खत्री , एसईई उत्तीर्ण विद्यार्थी रियाज अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।