इच्छाकामना गाउँपालिकाद्वारा ४५ चेपाङ् परिवारलाई घर
न्युजभित्तो/१६ असार २०८२, सोमबार १४:०१
चितवन, १६ असार । इच्छाकामना गाउँपालिकाले ४५ चेपाङ् परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाले बिपन्न चेपाङ् परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको हो ।
गाउँपालिकाका अध्यक्ष दानवहादुर गुरुङ्का अनुसार रु ३ करोड १९ लाख ६३ हजार १२८ को लागतमा घर निर्माण गरिएको हो । उहाँका अनुसार वडा नम्बर १ मा ७ वटा, वडा नम्बर २ मा ५ वटा, वडा नम्बर ३ मा ५ वटा, वडा नम्बर ४ मा ६ वटा, वडा नम्बर ५ मा ५ वटा, वडा नम्बर ६ मा ८ वटा र वडा नम्बर ७ मा ९ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।
वडा नम्बर ४ को खैरहनीटार स्थित कमला चेपाङ्लाई हस्तान्तरण गर्न निर्माण गरिएको घरमा आइतबार कार्यक्रमको आयोजना गरी सबै परिवारलाई घर हस्तान्तरण गरिएको छ । सो अवसरमा प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले ग्रामीण क्षेत्रका विपन्न परिवारलाई क्रमशः घर निर्माण गरिदिनु पर्ने बताउनुभयो । घर निर्माणसँगै त्यहाँ बसोबास गर्ने परिवारका बालबालिकाको शिक्षा, स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष गुरुङ्ले वडाहरुले छनोट गरेका परिवारलाई कार्यपालिकाले निर्णय गरी घर निर्माण गरेको बताउनुभयो । गत आर्थिक वर्षमा २२ वटा घर निर्माण गरेकोमा यो बर्ष दोव्वर संख्यामा घर बनाईएको हो । अधिकांश पहाडी भूभाग रहेको इच्छाकामनामा बहुसंख्यक चेपाङ् बसोबास गर्छन् । उनीहरु आर्थिक रुपमा बिपन्न रहेका छन् । घर हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मायाँ सिलवाल सहित वडा अध्यक्षहरु लगायत स्थानीयको सहभागीता रहेको थियो ।