सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपरासीको टाँडीस्वारामा विषालु च्याउ खाँदा १६ जना बिरामी


  •    न्युजभित्तो/१५ असार २०८२, आईतवार १०:३५ 
  • नवलपरासी, १५ असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी परेका छन् । स्थानीय जीवनज्योति चर्च मण्डलीको भवनमा ढलानको काम गर्न गएकाहरू भोजमा च्याउ खाएर बिरामी भएका हुन् । बिरामी सबै बुलिङटार गाउँपालिका–२ का रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिरामीमध्ये नौ जनाको भरतपुर अस्पतालमा र सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

    डाक्टरहरूका अनुसार विषालु च्याउ खाँदा पेट दुख्ने, चक्कर आउने, बेहोस हुने, बान्ता र पखाला लाग्ने, आँखा वरिपरि अँध्यारो हुनेजस्ता लक्षण देखिन सक्छन् । विषको असर ७ देखि २४ घण्टाभित्रै वा कहिलेकाहीँ एक हप्ता पछिसम्म पनि देखिन सक्छ ।

    जसले गर्दा कलेजो, मृगौला, स्नायु प्रणाली लगायत अङ्गमा गम्भीर असर पर्न सक्छ । च्याउ विशेषज्ञ वशिष्ठ आचार्यका अनुसार वर्षायाममा जङ्गलमा उम्रने जङ्गली च्याउ खतरनाक हुन सक्छन् । व्यावसायिक रूपमा उत्पादन गरिएको वा आधिकारिक स्रोतबाट आएको च्याउ मात्र खान उहाँको सल्लाह छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.