सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारसँग लचिलो त भइयो, तर कता कता चिन्ता लागेको छः प्रचण्ड


  •    न्युजभित्तो/११ असार २०८२, बुधबार १६:३४ 
  • काठमाडौं, ११ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधेयकहरू समितिबाट पारित हुने विधेयकहरू सरकारले सदनबाट पारित गर्न ढिला गर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

    बुधबार राज्य व्यवस्था समितिको बैठकमा प्रहरी विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

    उनले समितिबाट पारित गरिसकेका विधेयकलाई अनावश्यक रूपमा ढिलाइ हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।

    उनले प्रहरी विधेयकसँगै संघीय निजामती ऐन, विद्यालय शिक्षा विधेयकहरू पनि महत्वपूर्ण रहेको बताए।

    ‘सरकारसँग केही लचिलो भएर समझदारी गरेर भए पनि महत्वपूर्ण संघीय निजामति ऐन, विद्यालय शिक्षा विधेयक भनेको लगायत पारित गरौं। तर कता कता चिन्ता भएको छ। यत्तिकै टारिने त होइन भनेर चिन्ता भएको छ। सरकारको ध्यानाकर्षण त गराइराखेको छु। छेडाखानी नगरियोस्। डिले नगरियोस्,’ उनले भने।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.