सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘लालीबजार’ मा स्वस्तिमा


  •    न्युजभित्तो/१० असार २०८२, मंगलवार १४:४८ 
  • काठमाडौँ, १० असार । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित हुनुभएको छ । निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको छ ।

    अभिनेत्री खड्काले आफू देखिएको पात्रभन्दा भिन्न रहेकाले चलचित्रमा अभिनय गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला चलचित्रको तुलनामा यसपटक फरक स्वस्तिमा देख्नुहुनेछ । अभिनेत्रीका रुपमा हामीलाई फरक काम गर्ने इच्छा हुन्छ तर, त्यस्तो भूमिका र विश्वसनीय निर्माण समूह कमै पाइन्छ । यसपटक कथावस्तुसहित समग्र विषय उपयुक्त भएकाले काम गर्न लागेकी हुँ ।”

    सार्वजनिक पहिलो झलकमा उहाँ गर्भवतीको चरित्रमा देखिनुहुने भएको छ । कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँले मनोरञ्जनसँगै सामाजिक विषयलाई चलचित्रमा देखाइने जानकारी दिनुभयो । उहाँले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शकको विश्वास जितिसक्नुभएको छ । यस चलचित्र ‘लालीबजार’ का निर्देशक तथा यम थापाले आइरहेकाभन्दा भिन्न विषयलाई पर्दामा ल्याउन लागिएको बताउनुभयो । “यो विषय भिन्न छ, हामीले अहिले सबै कुरा खुलाउन सक्दैनौँ । तर, स–परिवार हेर्न मिल्ने हाम्रो समाजकै एउटा महत्वपूर्ण विषयलाई समेटेर चलचित्रको कथा तयार गरिएको छ । यसअघिका भन्दा यो चलचित्र अलि भिन्न बनाउन सक्दो प्रयास हुनेछ,” निर्देशक थापाले भन्नुभयो ।

    निर्माता बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्नुहुने सो चलचित्रमा प्रदीप भट्टराईले कार्यकारी निर्माताको भूमिका निर्वाह गर्नुहुने छ । उक्त चलचित्र आगामी फागुन १ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.