सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘एक घर, एक लालीगुराँस बिरुवा’ अभियानमा विद्यार्थी नेता बस्याल


  •    न्युजभित्तो/८ असार २०८२, आईतवार १३:३० 
  • तानसेन (पाल्पा), ८ असार । बगनासकाली गाउँपालिका–८ बराङ्दीका सुशील बस्याल राष्ट्रिय झण्डा र लालीगुराँसको संरक्षण अभियानमा निरन्तर लाग्दै आउनुभएको छ ।

    तानसेन नगरपालिका–५ छापथोक गुर्जुडाँडामा पुरानो अवस्थामा रहेको राष्ट्रिय झण्डालाई उहाँले फेर्नुभएको छ । उहाँले आफ्नै खर्चमा झण्डा फेर्नुभएको हो ।

    तानसेनमा रहेका राष्ट्रिय झण्डा फेर्नुपर्ने अवस्थामा रहँदा समेत यहाँको स्थानीय सरकार, राजनीतिक दल, कर्मचारीको ध्यान जान नसकेको छैन । उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा च्यातिएको झण्डा सुन्दरडाँडामा फहराइरहेको देखेँ, मेरो मनले झण्डाको अपमान भएको देख्न सकेन र एउटा झण्डा लगेर त्यहाँ राखेको हुँ ।” उहाँले राष्ट्रिय झण्डा राष्ट्रको अस्मिता हो, त्यसको अपमान गर्न नहुने बताउनुभभयो ।

    स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पसका सचिवसमेत रहनुभएका उहाँले समाजलाई कसरी स्वच्छ, सफा र सुन्दर बनाउन सकिन्छ भन्ने अभियानमासमेत जुट्नुभएको छ । अहिले उहाँले गाउँलाई हरियालीमात्र होइन राष्ट्रप्रतिको माया सबैलाई जगाउन लालीगुराँस रोप्ने अभियान नै चलाउँदै आउनुभएको छ । उहाँले एक घर एक लालीगुराँस अभियानअन्तर्गत सबै घरघरमा पुगेर लालीगुराँसका बिरुवा लगाउनुभएको छ ।

    उहाँले अभियानमा अहिले सयौँ घरमा पुर्याइसक्नुभएको छ । उहाँले आफ्नै लगानीमा स्थानीय नर्सरीबाट बिरुवा ल्याई लगाउने गर्नुभएको छ । केही बिरुवाका लागि भने स्थानीय व्यक्तिको पनि सहयोग रहेको छ । नेता बस्यालले बेलौती खर्क टोलका सबै घरमा गुराँसका बिरुवा लगाइसक्नुभएको छ । उहाँले गाउँभित्रका विद्यालय, वडा कार्यालय र विभिन्न धार्मिकस्थलसमेत लालीगुुराँसका बिरुवा रोप्नुभएको छ ।

    उहाँ भन्नुहुन्छ, “सबैलाई देश र समाजप्रति समर्पित हुनको लागि राष्ट्रिय फूलको महत्व बुझाउन र गाउँलाई लालीगुराँसका रूपमा विकास गरी पर्यटनको विकास गराउनु अभियानको मुख्य उद्देश्य रहेको छ ।” उहाँले गाउँलाई सुन्दर र स्वच्छ बनाउने दायित्व स्थानीय सरकारको भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । बस्यालले भन्नुभयो, “व्यक्ति एक्लैले गाउँ, समाजलाई सुन्दर र सभ्य बनाउन सम्भव छैन, यसमा स्थानीय सरकारले पनि चासो दिनुपर्छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.