सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान


  •    न्युजभित्तो/८ असार २०८२, आईतवार १२:१२ 
  • घोराही (दाङ), ८ असार । गढवा गाउँपालिका–१ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क) पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ हरेक दिनजसो मानिस घुम्न जाने गर्छन् । सिमसार क्षेत्रलाई संरक्षण गर्दै कुलपानी सामुदायिक वन समूहले पर्यटन प्रवर्द्धनका लागि हरित पार्क, जलासयसँगै काठको भ्यूटावर निर्माण गरेपछि आन्तरिक पर्यटनको गन्तव्य बनेको हो ।

    वन समूहका अध्यक्ष नवराज शर्माका अनुसार वन समूहले कृत्रिम जलासयसँगै पार्क निर्माण गरेर बाघ, गैँडा, जरायो, घोडा, मयुरलगायत विभिन्न प्रजातिका चराको प्रतिमा बनाएपछि पार्कमा घुम्न र वनभोजका लागि आउने मानिसको सङ्ख्यामा वृद्धि भएको छ । कुलपानीमा पर्यटकलाई आकर्षण गर्नेगरी पार्कसँगै पोखरीमा काठको पुल, भ्यूटार निर्माणले थप आकर्षण बढाउने काम गरेको छ ।

    पार्कमा घुम्न आउनेसँग रु २० देखि ३० सम्म लिने गरिएको छ । पर्यटन प्रवर्द्धनका माध्यमबाट राम्रो आयआर्जन हुन थालेपछि वन समूहले १२ हेक्टरमा फैलिएको पार्कलाई २० हेक्टर क्षेत्रमा वृद्धि गर्ने योजनाका साथ अघि बढेको छ ।

    अध्यक्ष शर्माका अनुसार हालसम्म ५१ हजार बढीले अवलोकन गरेका छन् । वातावरणीय रूपमा उपयुक्त र मानिसले दैनिक जीवनयापनका क्रममा प्रयोग गर्ने गरिएका र अहिले लोप हुने अवस्थामा पुगेका काठका सामग्रीलाई सङ्कलन गरेर काठको सङ्ग्राहलय स्थापनाका लागि काम भइरहेको छ ।

    काठबाट बनेका र देउखुरी क्षेत्रमा मानिसले प्रयोग गरेका लडिया, डुङ्गा, कोल, ढिकी, हलो, जुवाँ, ठेकीलगायत परम्परागत सामग्री सङ्कलन गरे पनि राख्ने उपयुक्त ठाउँ नपाउँदा समस्या भइरहेको भन्दै काठको सङ्ग्रालय स्थापना गर्नेगरी वन समुहले विभिन्न सामग्री सङ्कलन गरेको छ, तर ठाउँको अभावमा सञ्चालन गर्न सकिएको छैन ।

    अध्यक्ष शर्माले कुलपानीलाई धार्मिक एवं सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्नेगरी हरित पार्क निर्माण गर्नुका साथै जलविहारका लागि मानिस आउने गरेको बताउनुभयो । प्राकृतिक स्रोत र साधनको संरक्षणसँगै आन्तरिक पर्यटनको विकास गर्न कुलपानीमा पूर्वाधार विकासका लागि लगानी गर्न आवश्यक रहे पनि त्यसअनुसारको सहयोग प्राप्त हुन नसकेको बताउनुभयो ।

    गर्मीयाममा जङ्गल क्षेत्रमा रहेको पार्कमा शीतलतासँगै पार्कमा रहेका विभिन्न मूर्ति हेर्नदेखि फोेटो, भिडियो खिच्नका लागि धेरै मानिस आउने गरेका स्थानीय सीता गिरी बताउनुहुन्छ । वन समूहले पार्क निर्माणसँगै विभिन्न वन्यजन्तुका मूर्ति तथा पोखरीमा निर्माण गरेर डुङ्गा सञ्चालन गरेपछि शनिबार र सार्वजनिक बिदाका दिन धेरै मानिस आउने गरेको उहाँले बताउनुभयो । लगानी अभावमा बाल उद्यान, जङ्गली पशुपन्छीका लागि खोरसँगै तारबार गर्ने काम गर्न नसकिएको बताउनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.