सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाताको सहयोगमा एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन


  •    न्युजभित्तो/५ असार २०८२, बिहीबार १२:०२ 
  • ओखलढुङ्गा, ५ असार । शेर्पा समाज बेल्जियम र जर्मनको आर्थिक सहयोगमा यहाँको खिजीदेम्बा गाउँपालिकाले शववाहन सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले रु नौ लाख १३ हजार खर्च गरेर पुरानो एम्बुलेन्स मर्मत गरी शववाहन तयार गरिएकोे बताउनुभयो । एम्बुलेन्स बिग्रिएर नचल्ने अवस्थामा पुगेपछि शववाहन बनाइएको थियो ।

    अध्यक्ष शेर्पाको मागअनुसार शेर्पा समाज बेल्जियम र जर्मनले खिजीदेम्बालाई शववाहन सञ्चालनका लागि आर्थिक सहयोग रकम पठाएपछि खिजीदेम्बामा शववाहन सञ्चालन गर्न सम्भव भएको हो ।
    गाउँपालिकाले सहयोग गर्ने शेर्पा समाज बेल्जियम र जर्मनले खिजीदेम्बाको पहिचान झल्काउने सांस्कृतिक उद्यान निर्माणमा समेत सहयोग गर्ने भएको छ ।

    यसअघि शववाहन नहुँदा परीक्षण गर्नुपर्ने शव ट्र्याक्टरमा मृतकका आफन्तले महँगो खर्चमा रुम्जाटार र रामेछापको सदरमुकाम मन्थली लैजानुपर्ने बाध्यता थियो । जुनसुकै सवारीले शव नबोक्ने र बोक्ने सवारीले महँगो रकम लिने गरेको थियो । शववाहन सञ्चालनमा ल्याउने खिजीदेम्बा जिल्लामा पहिलोे पालिका हो । जिल्लाका अन्य कतिपय स्थानीय तहमा एउटा पनि एम्बुलेन्स छैन । खिजीदेम्बामा पाँच एम्बुलेन्स सञ्चालमा छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.