सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप


  •    न्युजभित्तो/२ असार २०८२, सोमबार १२:३८ 
  • तनहुँ, २ असार । मौसम परिवर्तनसँगै गर्मी बढेपछि यतिबेला जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । पछिल्लो केही दिनयता मौसमी रूघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ । सरकारी अस्पतालका साथै निजी अस्पताल तथा क्लीनिकमा बिरामीको चाप बढ्ने गरेको छ ।

    उपचारमा आउनेमध्ये रूघाखोकी, भाइरल ज्वरो र पखालाका बिरामी अधिकांश हुने गरेका दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्, उपचारका लागि आउने अधिकांशमा मौसमी ज्वरो, रूघाखोकीको समस्या देखिएको छ ।”

    मौसमी सङ्क्रमणबाट जोगिन बिरामीले पानी उमालेर प्रशस्त मात्रामा पिउने, शरीरमा पानी तथा झोलिलो खानेकुरा बढी सेवन गर्ने, आराम गर्ने र ज्वरो आएको अवस्थामा सिटामोल वा चिकित्सकको सल्लाहमा औषधि सेवन गर्न सुझाब दिइएको उहाँले बताउनुभयो ।

    अस्पतालमा सेवा सुविधा प्रभावकारी भएसँगै तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ र कास्कीका केही स्थानबाट बिरामी उपचारका लागि आउने गरेका छन् । टाइफाइड खानेपानी र खानाबाट सर्ने भएकाले सफा पानी पिउन र स्वस्थ्यकर खाना खान बिरामीलाई सुझाव दिइएको चिकित्सक बताउँछन् ।

    पहिलो पटक इन्डोस्कोपी सेवा

    त्यसैगरी प्रदेश अस्पताल दमौलीमा पहिलो पटक इन्डोस्कोपी सेवा सुरू भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा इन्डोस्कोपी सेवा विस्तार गरिएको सो अस्पतालले जनाएको छ । इन्डोस्कोपी सेवाका लािग पोखरा, चितवनलगायत सहर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको अस्पतालका प्रमुख डा बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा फिजियोथेरापी, अर्थोपेडिक र बालरोग विशेषज्ञ सेवा विस्तार गरिएको छ ।”

    “प्रदेश मन्त्रालयबाट गाइनोक्लोजिष्ट चिकित्सक छिट्टै पठाइदिने आश्वासन पाइएको छौँ”, उहाँले भन्नुभयो, “पछिल्लो समय मन्त्रालयबाट दमौली अस्पतालका लागि विशेषज्ञ चिकित्सक पठाउने विषयमा चासो लिएकाले थप हौसला मिलेको छ ।” डा बरालका अनुसार अर्थोपेडिक सेवा थप भएसँगै हात र खुट्टा भाँचिएका सामान्य बिरामीको हकमा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.