सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विपन्न बालबालिकालाई पोषण तथा शैक्षिक सामग्री सहयोग


  •    न्युजभित्तो/२ असार २०८२, सोमबार ११:०४ 
  • रामपुर (पाल्पा), २असार । पाल्पाको रामपुर नगरपालिकाकाले बालबालिकालाई पोषण तथा सहायक शैक्षिक सामग्री प्रदान गरेको छ । शारीरिक तथा मानसिक समस्यामा रहेका, दीर्घरोगी, पारिवारिक लगायतका विभिन्न समस्यासँग जुँधिरहेका बालबालिकालाई पोषणयुक्त आहार, पठनपाठनका लागि सहायक सामग्री सहयोग गरिएको छ ।

    यहाँका छजना बालबालिकालाई राहतस्वरुप आपतकालीन बालउद्धार कोषमार्फत पोषण सामग्री र पठनपाठनका लागि सहायक सामग्री प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख पूजा परियारले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले दृष्टिविहीन पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातक तेस्रो वर्षमा अध्ययनरत रामपुर–६ का विपना खनाललाई ल्यापटप सहयोग गरेको छ ।

    नगरपालिकाले पारिवारिक समस्या, अनाथ बालबालिका, मानसिक तथा दीर्घ रोगबाट ग्रसितलगायत विभिन्न समस्या भोगिरहेका बालबालिका, जेहेन्दार, आर्थिक अवस्था कमजोर भएकालाई राहतका सामग्री तथा छात्रवृत्ति रकमसमेत उपलब्ध गराउँदै आइरहेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो । नगरपालिकाले विद्यालय तथा उच्च शिक्षा अध्ययनका लागि नगर सरकारले मेयर छात्रवृत्ति कार्यक्रममार्फत रकम उपलब्ध गराइरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.