सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केदारनाथबाट गुप्तकाशी उडेको हेलिकोप्टर दुर्घटना, ७ जनाको मृत्यु


  •    न्युजभित्तो/१ असार २०८२, आईतवार १५:१९ 
  • काठमाडौं, १ असार । भारतको केदारनाथबाट गुप्तकाशी जाँदै गरेको एक निजी हेलिकोप्टर आइतबार बिहान भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड नजिकै दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।​

    आर्यन एभिएसनको स्वामित्वमा रहेको उक्त हेलिकोप्टर केदारनाथको हेलिप्याडबाट बिहान करिब ५स्२० बजे उडेको थियो। उडानपछि केहीबेरमै सम्पर्कविहीन भएपछि हेलिकोप्टर ‘हराएको’ घोषणा गरिएको थियो।

    उत्तराखण्ड राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ)का निरीक्षक अनिरुद्ध भण्डारीले हेलिकोप्टरमा सवार सातै जनाको ज्यान गएको पुष्टि गरेका छन्।

    मृतकहरूमा पाइलट क्याप्टेन राजवीर सिंह चौहान, महाराष्ट्रका ४१ वर्षीय राजकुमार सुरेश जैसवाल, ३५ वर्षीया श्रद्धा राजकुमार जैसवाल, २३ महिनाका काशी, रुद्रप्रयागका ४६ वर्षीय विक्रम, उत्तर प्रदेशको बिजनौर निवासी ६६ वर्षीय विनोद देव र २९ वर्षीया तुष्टि सिंह रहेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.