सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गर्भवती–सुत्केरीलाई निरन्तर पोषण सामग्री


  •    न्युजभित्तो/३१ जेष्ठ २०८२, शुक्रबार १४:५३ 
  • काठमाडौँ, ३० जेठ । गर्भवती–सुत्केरीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन शुक्लाफाँटा नगरपालिका–३ ले निरन्तर रुपमा निःशुल्क पोषण सामग्री उपलव्ध गराउदै आएको छ । कार्यक्रम अन्तर्गत वडा कार्यालयले सुत्केरीलाई अण्डा, चना, साबुन, नून र रुमाल प्रदान गर्दै आएको छ ।

    यी सामग्री सस्ता देखिए पनि यसको प्रभाव गहिरो र दीर्घकालीन रहेको पिपलाडी आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक (एचए) दिलबहादुर धामी बताउनुहुन्छ । “चालु आर्थिक ववर्ष २०८१÷८२ मा ३४ महिलालाई पोषण सामग्री प्रदान गरेका छौँ”, उहाँले भन्नुभयो, “सात वर्षको अवधिमा तीन सय ३० भन्दा बढी महिलालाई पोषण सामग्री उपलव्ध गराईसकेका छौँ ।”

    चना र अण्डाले शारीरिक शक्ति, स्तनपानको गुणस्तर, रगतको मात्रा र आमा–शिशु दुवैको पोषण प्रभावकारी हुने गरेको पाइएको छ, भने साबुनले सरसफाइमा सजगता, सङ्क्रमणको जोखिम न्यूनीकरणमा टेवा पु¥याउने स्वास्थ्य सहायक धामी बताउनुहुन्छ । नूनले आवश्यक आयोडिन पूर्ति गर्ने कार्यसँगै थाइराइड जस्ता रोग रोकथामका लागि प्रभावकारी भूमिका खेल्छ । रुमाल शिशुको स्याहारमा उपयोगी हुन्छ ।

    “सुत्केरी हुँदा पोषणयुक्त खाना खानुपर्छ भन्ने धेरै महिलालाई थाहा थिएन, वडा कार्यालयले पोषण सामग्री दिन थालेपछि मात्रै यस्तो सामग्रीको उपभोग गरे शिशु र आमाको स्वास्थ्य अवस्थालाई सुधार गर्न सकिन्छ, भन्ने बुझयौँं”, पोषण सामग्री लिनुभएकी सीतादेवी डगौराले भन्नुभयो, “वडाको सानो सहयोगले चेतनाको ढोका खोल्ने काम गरेको छ ।”

    साबुनले हात धुनुपर्छ, व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ, नूनमा आयोडिन हुन्छ, रोगसँग लड्न सहयोग गर्छ भन्ने कुरा यस कार्यक्रमका माध्यमबाट सिक्न पाएको स्थानीय मञ्जु चौधरीले बताउनुभयो । कार्यक्रम सञ्चालन भएपछि स्तनपानको गुणस्तरमा वृद्धि हुनुका साथै महिला र परिवारमा स्वास्थ्यप्रति चेतना वृद्धि, सुत्केरी महिलामा मनोबल र आत्मसम्मान बढनुका साथै सङ्क्रामक रोग सर्ने दरमा कमी आएको पाइएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    • दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.