सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गर्मीमा इच्छाकामनामा घुम्ने आन्तरिक पर्यटकको संख्या वृद्धि,होमस्टे भरिभराउ


  •    न्युजभित्तो/३१ जेष्ठ २०८२, शुक्रबार १२:०० 
  • मुग्लिन, ३० जेठ । गर्मी बढेसँगै इच्छाकामना पालिकाका पर्यटीयस्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ । इच्छाकामनाका उपर्दाङ्गढी, लामो झरना, सिराइचुली, हात्तीवाङ गाउँ, मायाटार, घुर्केश र इच्छाकामना मन्दिरमा आन्तरिक पर्यटक बढेका हुन् । होटल व्यवासयी सङ्घका पूर्वअध्यक्ष र दासीराम ढकालका अनुसार इच्छाकामनाका विविध भेगको प्राकृतिक सौन्दर्यमा रमाउन तथा र त्रिशूलीमा जलविहार गर्न आन्तरिक पर्यटक आउने गरेका छन् । “चितवनका तराई क्षेत्रमा गर्मी बढ्दोे छ तर यहाँ गर्मीको महशुस नै हुदैँन जाडो छ”, पूर्वअध्यक्ष ढकालले भन्नुभयो ।

    गर्मी बढेसगैँ मायाटारसहित उर्दाङगढी, घुर्केश हात्तीवाङलगायत गाउँका होमस्टे ९घरबास० भरिभराउ छन् । इच्छाकामना– २ मायाटारमा घरबास सञ्चालन गर्दै आउनुभएका टीका गुरुङले आन्तरिक पर्यटकको बाक्लो आगमनले आफूहरू उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुयभो, “यहाँ बाह्रै महिना पर्यटकहरु आउने गर्छन् तर गर्मी मौसम आन्तरिक पर्यटककको चाप बढ्ने गरेको छ ।”

    उहाँका अनुसार गत बर्षको जेठमा मायाटार र घुर्केशमा दैनिक २० जनाको हाराहारीमा पर्यटक आउने गरेकामा हाल दैनिक ५० जना जना आउने गरेका छन् । शनिबार र अन्य सार्वजनिक बिदाका दिन अझ बढी पर्यटक आउने गरेको गुरुङले बताउनुभयो ।

    हाल घुर्केशमा १४ र मायाटारमा दुई वटा घरबास सञ्चालनमा रहेका जानकारी दिँदै इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले पालिका क्षेत्रका पर्यटकीय क्षेत्रमा पूर्वाधार सुधार तथा घरबास सञ्चालनमा सहयोग गर्दै आएको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.