सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गर्मी बढेपछि चितवनका विद्यालयमा स्थानीय बिदा


  •    न्युजभित्तो/२९ जेष्ठ २०८२, बुधबार १३:०४ 
  • भरतपुर, २८ जेठ । अत्यधिक गर्मी बढेपछि चितवनका तीन पालिकाले विद्यालयमा सार्वजनिक बिदा दिएका छन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाले बिदा दिएका हुन ।

    भरतपुर महानगरपालिकाले आज बुधबारदेखि लागू हुने गरी ३० गते शुक्रबारसम्म तीन दिन विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो । महानगरले यस अविधमा आफ्ना बालबालिकाहरुलाई दिउँसो घाममा हिँडडुल गर्न नदिन, नदी–पोखरीहरुमा पौडी खेल्ने, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन सबै अभिभावकहरुम अनुरोध समेत गरेको छ ।

    केहीदिन देखि अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुँदै गइरहेको छ भने बालबालिकाहरुलाई समेत पठनपाठनमा समस्या भइरहेको गुनासो आएपछि यो निर्णय गरिएको आचार्यले बताउनुभयो । महानगरको वार्षिक शैक्षिक क्यालेन्डरमा उल्लेख भए अनुसार प्रतिकुल मौसमको अवस्था हेरी ४ दिन बिदा दिन सकिने व्यवस्था अनुसार सोही बिदामा समायोजन गर्ने गरी बिदा दिइएको आचार्यले बताउनुभयो ।

    यस्तै गर्मीकै कारण खैरहनी नगरपालिकाले विद्यालयहरुमा पनि सार्वजनिक बिदा दिएको छ । खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले बुधबार एक दिनका लागि नगरभित्रका सामुदायिक तथा सबै संस्थागत विद्यालयहरुमा बिदा दिने निर्णय भएको जानकारी दिनुभयो । यस वर्षको वर्षे सट्टा बिदा दिने गरी यो निर्णय गरिएको उहाँले बताउनुभयो ।

    रत्ननगर नगरपालिकाले समेत आज एक दिन सार्वजनिक बिदा दिएको छ । रत्ननगरका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले सूचना जारी गर्दै बढ्दो गर्मीका कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा प्रत्यक्ष असर पर्न गएकाले बिदा दिने निर्णय गरिएको बताउनुभयो । उहाँकाअनुसार मंगलबारको निर्णयअनुसार बर्खे बिदाबाट कट्टा हुने गरी बुधबार पालिकाभित्रका सबै विद्यालयहरु बन्द गर्न अनुरोध गरिएको छ । चितवनमा मंगलबारको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.