सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विपन्न परिवारको जीविकोपार्जन सुधार्न बाख्रासँगै डुँड वितरण


  •    न्युजभित्तो/२६ जेष्ठ २०८२, आईतवार १४:४८ 
  • कञ्चनपुर, २५ जेठ । विपन्न वर्गको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले कञ्चनपुरका नौ वटै पालिकामा बाख्रा र दानापानी खुवाउने भाँडो (डुँड) वितरण गरिएको छ ।

    जिल्लस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रु ३० लाखको बजेटमा स्थानीय तहको समन्वयमा ‘विपन्नको जीविकोपार्जन सुधार्न बाख्रा र डुँड वितरण’ कार्यक्रम सञ्चालन गरेको हो ।

    कार्यक्रमअन्तर्गत हालसम्म चार पालिकाका छनोटमा परेका विपन्न परिवारलाई ६७ वटा बाख्रा र डुँड वितरण गरिएको केन्द्रका पशु अधिकृत शिवराज भट्टले जानकारी दिनुभयो । प्रतिपरिवार एउटाका दरले प्रजननयोग्य बाख्रासँगै एक थान दानापानी खुवाँउने डुँड वितरण गरिएको उहाँले बताउनुभयो ।

    “हालसम्म बेलौरी नगरपालिका, बेलडाँडी गाउँपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाका विपन्न परिवारलाई बाख्रा र डुँड वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “गाउँपालिकालाई १९ वटा बाख्रा र डुँड तथा नगरपालिकालाई १६ वटा बाख्रा र डुँड वितरण गर्ने योजना बनाएका छौँ ।”

    अधिकृत भट्टका अनुसार लालझाडी गाउँपालिका, पुनर्वास नगरपालिका, भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा पनि बाख्रा र डुँड वितरण गर्ने कार्यक्रम छ ।

    “जिल्ला प्राविधिक समितिबाट बाख्रा र डुँड वितरण गर्ने प्रस्ताव स्वीकृत गराएर पालिकाहरूलाई पत्राचार ग¥यौँ”, अधिकृत भट्टले भन्नुभयो, “पालिकाले वडा छनोट गरेपछि वडाले विपन्न परिवारको पहिचान गरी आर्थिक स्रोतविहीन परिवारको विवरण पाठाएका हुन, वडाले सिफारिस गरेका विपन्न परिवारका व्यक्तिलाई बाख्रा र डुँड वितरण भइरहेको छ ।” नौ वटा पालिकामा एक सय ६६ बाख्रा र सोही स्ङख्यामा डुँड वितरण गरिने उहाँको भनाइ छ ।

    विपन्न अवस्थामा रहेका एकल महिला, दलित, जनजाती तथा सीमान्तकृत वर्गलाई आर्थिक रूपमा सशक्त बनाउनका लागि कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले यसले विपन्न परिवार स्वरोजगार भई आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.