सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिम्बाब्वेले हात्ती मारेर जनतालाई मासु वितरण गर्ने


  •    न्युजभित्तो/२२ जेष्ठ २०८२, बुधबार १२:१० 
  • काठमाडौं, २१ जेठ । जिम्बाब्वेले हात्तीको बढ्दो संख्या नियन्त्रण गर्न दर्जनौँ हात्ती मारेर तिनको मासु उपभोगका लागि वितरण गर्ने घोषणा गरेको छ । मंगलबार जिम्बाब्वेको वन्यजन्तु प्राधिकरण (जिम्बाब्वे पार्कस एन्ड वाइल्डलाइफ) ले यो जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

    दक्षिणी अफ्रिकी देश जिम्बाब्वे बोत्स्वानापछि विश्वको दोस्रो ठूलो हात्ती भएको देश हो । जिम्बाब्वे पार्कस एन्ड वाइल्डलाइफले विज्ञप्तिमा दक्षिण–पूर्वमा रहेको ठूलो निजी खेल रिजर्भ, सेभ भ्याली कन्जर्भेन्सीमा ५० वटा हात्ती मार्ने योजना बनाएको बताएको छ । तर, कुल कति हात्तीहरू मारिने वा कति समयसम्म यो अभियान चल्ने भन्ने उल्लेख गरिएको छैन ।

    सन् २०२४ को एक हवाई सर्वेक्षण अनुसार यो रिजर्भमा दुई हजार ५५० हात्ती रहेका छन् । यो संख्या ८०० को क्षमता भएको यो रिर्जभमा तीन गुणा बढी हो । गत पाँच वर्षमा कम्तीमा २०० हात्ती अन्य आरक्षित क्षेत्रहरूमा सारिएका छन् ।

    जिम्बाब्वे पार्कस एन्ड वाइल्डलाइफले भनेको छ, “हात्तीहरूको व्यवस्थापनबाट प्राप्त मासु स्थानीय समुदायहरूलाई वितरण गरिनेछ । हात्तीको दाँत राज्यको सम्पत्ति हुनेछ । र, यसलाई सुरक्षित राख्न जिम्बाब्वे पार्कस एन्ड वाइल्डलाइफलाई सुम्पिनेछ ।”

    हात्तीको दाँत विश्वमा प्रतिबन्ध भएका कारण जिम्बाब्वेले आफ्नो दाँतको स्टक बेच्न सकेको छैन । यो घोषणा भएको एक दिनअघि राजधानी हरारेमा २३० किलोग्रामभन्दा बढी हात्तीको दाँत लिएर हिँडेका चारजनालाई गिरफ्तार गरिएको थियो । उनीहरूले यसको खरिददाता खोजिरहेका थिए ।

    सन् २०२४ मा जिम्बाब्वेले २०० हात्ती मारेको थियो । जिम्बाब्वे खडेरीबाट गुज्रिएर खाद्यान्न अभावमा रहेका बेला यी हात्ती मारिएको थियो । यो सन् १९८८ पछिको पहिलो ठूलो हात्ती मार्ने अभियान थियो ।

    हात्ती मारेर मासु वितरण गर्ने यो निर्णयले तीव्र आलोचना झेल्नुपरेको छ । जिम्बाब्वेमा हात्तीहरू विशेष गरी पर्यटनको प्रमुख आकर्षण मानिन्छ । एएफपी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.