कपिलवस्तु, २० जेठ । कपिलवस्तुमा बसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ शिवखोरमा आज (मंगलबार) बिहान सवा ८ बजे स्कुल बसको ठक्करले तीन वर्षीया बालिकाको मृत्यु भएको हो।
जिल्ला ट्राफिक कार्यालय गोरुसिङेका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी शिवरतन बराइकी तीन वर्षीया छोरी प्रतिमाको मृत्यु भएको छ । बाटोमा खेलिरहेकी प्रतिमालाई जामिया अहले सुन्नत नजियाको बसले ठक्कर दिएको थियो ।