सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सीप सिकेर आत्मनिर्भरतातर्फ उन्मुख गोमा


  •    न्युजभित्तो/१४ जेष्ठ २०८२, मंगलवार १६:०३ 
  • भद्रपुर (झापा), १३ जेठ । “जब महिलाले कुनै सीप सिक्छिन्, उनी मात्र होइन, उनको परिवार र समाज आत्मनिर्भर बन्छ,” गोमा घिमिरे बराल यही भनाइको ज्वलन्त उदाहरण हुनुहुन्छ ।

    झापाको दमक नगरपालिका–२ हिमालीटोलस्थित गरिमा सिलाइकटाइ तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आउनुभएकी उहाँले आफूसँगै थप पाँच जना महिलालाई रोजगारी दिनुभएको छ । सामान्यतया महिलाले लगाउने सबै किसिमका कपडा सिलाइ हुने उक्त केन्द्रमा विद्यालयका झोला, पर्सलगायत सामान उत्पादन हुने गर्छ । दमक बजार, इलाम, पाँचथरलगायत स्थानमा ती सामग्रीको उच्च माग रहेको गोमा बताउनुहुन्छ ।

    आफ्नै घरमा सटर निकालेर उद्यम गर्नुभएकी गोमाले ढाकाका उत्पादन रु ५० देखि एक हजार ५०० सम्ममा बिक्री गर्दै आउनुभएको छ । बजारको माग उच्च रहेकाले कहिले काहीँ माग नै स्थगन गर्नुपरेको गोमा बताउनुहुन्छ । सिलाइसम्बन्धी सीप सिकेपछि बेरोजगार बस्नुपरेको छैन । घरको सबै काम गरेर आफ्नै घरसमेतमा यो उद्यम गर्न सकिने भएकाले धेरै जसो महिला यो उद्दममा लागिरहेको उहाँ बताउनुहुन्छ । जसबाट खर्च कटाएर दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म बचत हुने गरेको छ,” उहाँले भन्नुभयो ।

    झण्डै १० वर्ष पहिले इलाममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सिलाइसम्बन्धी आधारभूत तालिम लिनुभएकी गोमाले इलाममै चिनजानकै सिलाइ पसलमा काम गरी अनुभव सङ्गाल्नुभयो । काम गर्दै जाँदा घरेलुबाट उद्यमशीलतासम्बन्धी तालिम लिएपछि आफैँ उद्यम गर्नुपर्छ भन्ने उत्पे्ररणा जाग्यो पाँच हजारमा पुरानो सिलाइ मेसिन खरिद गरी व्यवसाय सुरू गर्नुभयो । छरछिमेकका महिला दिदीबहिनिका कपडा सिलाइकटाइ गरी घरबाटै व्यावसाय सुरू गर्नुभएकी गोमाले चार वर्ष इलाममै बिताउनुभएको थियो ।

    विसं २०७६ सालतिर गोमा परिवारसहित इलामबाट झापाको दमक बसाइ सर्नुभयो । बसाइ सरेसँगै आफूले सिकेको सीप र व्यवसायसमेत निरन्तरता दिनुभएकी गोमाले ढाकाका झोला तथा पर्सको राम्रो सम्भावना देखेपछि वडा कार्यालयबाट सञ्चालित १५ दिने ढाकासम्बन्धी तालिम लिनुभयो । साथै उहाँले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट दोस्रो तहको तालिमसमेत लिनुभयो । यो तालिमपश्चात उहाँको परिचय सिलाइसम्बन्धी प्रशिक्षकको रूपमा स्थापित भयो । अब उहाँले परिषद् तथा अन्य संस्थाका आधारभूत तह–१ का तालिममा प्रशिक्षण गर्न योग्य हुनुभयो । तालिम दिन जिल्लाका विभिन्न ठाउँमा जानुपर्ने तथा केन्द्रसमेतमा उत्पादनको उच्च माग रहेकोले दुवैतिर समय मिलाउन मुस्किल हुने गरेको गोमा बताउनुहुन्छ ।

    व्यावसायलाई उकास्न समय–समयमा घरेलुले गरेको प्रविधिमा अनुदान सहयोगले काम गर्न थप ऊर्जा प्राप्त हुँदै गएको गोमा सुनाउनुहुन्छ । विभिन्न सरकारी निकाय तथा विभिन्न सङ्घसंस्थाबाट हुने यस्ता अनुदान सहयोगको उचित सदुपयोग गर्ने हो भने गाउँमै राम्रो रोजगारीको अवसर सिर्जना गर्न सकिने उहाँको भनाइ छ । आफ्ना उत्पादनलाई स्थानीय मेला, टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत प्रचार–प्रसाहर गर्दै आउनुभएको छ ।

    आपूmले सञ्चालन गरेको केन्द्रले महिला दिदिबहिनीलाई सीप सिकाउने, आम्दानीको स्रोत प्रदान गर्ने र आत्मबल बढाउने काम गरेकोमा सन्तुष्टी मिल्ने गरेको गोमा बताउनुहुन्छ । सिलाइ कटाइसँगै ग्रामेन्टसमेतको उद्ययोग दर्ता गरिसकेकाले विस्तारै विस्तारै व्यावसाय बढाउँदै लैजाने उहाँको योजना छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    सदनको कारबाही नियमित सञ्चालन हुनुपर्छ: बुर्लाकोटी
    छैसट्ठीऔँ धौलागिरि आरोहण दिवस मनाइयो
    • मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियानः शिक्षामन्त्री पोखरेल
    • श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    • कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल
    • समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.