सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज इस्वी सनको नयाँ वर्ष २०२० मनाइँदै


  •    न्युजभित्तो/१६ पुष २०७६, बुधबार १३:२१ 
  • काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२० शुरु भएको छ ।

    जिसस क्राइस्टलाई फाँसी दिएपछि उहाँ जन्मिएको वर्षलाई आधार मान्दै इस्वी सनको शुरुआत भएको मानिन्छ । जसलाई पोप गेगोरीले जुलियन पात्रोअनुसारको सनलाई प्रतिस्थापन गर्दै इस्वी सनलाई स्थापित गरेका थिए । पोप ग्रेगोरीले प्रचलनमा ल्याएको पात्रो भएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ ।

    जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रशियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउनुहुन्छ ।

    विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । कहिलेकाहीँ इस्वी संवत् नै प्रचलनमा ल्याउने चर्चा पनि हुने गरेको छ ।

    केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीड भाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।

    ग्रेगोरियन पात्रोमा सौरमासको गणना हुने तर चन्द्रमासको गणना नहुने भएकाले ज्योतिष शास्त्रानुसार यो वैज्ञानिक नभएको यसको अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्त बताउनुहुन्छ ।

    “इस्वी सनमा चन्द्रमासको गणना नहुने भएकाले समयक्रममा दिन फरक पर्दा शासक वा पादरीले भिटो लगाएर यसको निर्णय गर्छन्, यसैले यो पटकपटक विवादमा आएको संवत् हो”, उहाँले भन्नुभयो ।

    विज्ञानमा विश्वास गर्ने भनिएका पश्चिमा देशले एक व्यक्तिले भिटो प्रयोग गरेर प्रचलनमा ल्याएको पात्रोलाई मान्यता दिनु धार्मिक अन्धविश्वासको निरन्तरता भएको डा पन्तको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.