सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित


  •    न्युजभित्तो/१२ जेष्ठ २०८२, आईतवार ११:२९ 
  • भोजपुर, ११ जेठ । मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन् । वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय कृषक धनबहादुर थापाले बताउनुभयो ।

    किराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको उहाँको भनाइ छ । “यस वर्ष पनि मकैमा फौजी किराको समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “फौजी किराले मकैको गुबो खाएर नष्ट बनाएको अवस्था छ । मकैमा किराको प्रकोप बढेपछि चिन्ता थपिएको छ । विशेष गरेर तल्लो भेगमा लगाइएको मकैमा किराको समस्या बढी देखिएको छ ।”

    जिल्लाको भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत तल्लो क्षेत्रमा फौजी किराको समस्या देखिएको किसानको भनाइ छ । किराले गुबो नै खान थालेपछि मुख्य खाद्यान्नका रुपमा लगाइएको मकैको उत्पादन घट्ने अवस्था रहेका किसानको भनाइ छ ।

    बेँसी तथा तल्लो भेगमा किसानले लगाएको मकैबालीमा फौजी किराको समस्या देखिएकोे कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । किरा नियन्त्रयका लागि किसानलाई आवश्यक प्राविधिक सहयोग गरिरहेको केन्द्रको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
    ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ
    चौधौँ वर्षमा वाग्मती सफाइ महाअभियान
    • प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग
    • प्रतिनिधिसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
    • खानीडाँडा–थामर्खक सडकमा कालोपत्र सुरु
    • कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.