सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होली भिजनमा निर्वाचित प्रतिनिधिहरूको सपथ ग्रहण


  •    न्युजभित्तो/१० जेष्ठ २०८२, शुक्रबार १३:१५ 
  • भरतपुर , ९ जेठ । स्थानीय र संसदीय निर्वाचनको झल्को दिने गरी होली भिजन पब्लिक स्कुल भरतपुर ४ चितवनमा सम्पन्न निर्वाचनबाट विजयी विद्यार्थीहरुलाई आज शुक्रवार सपथ ग्रहण गराइको छ ।

    होली भिजन पब्लिक स्कुल विद्यार्थी सभाको निर्वाचनबाट अध्यक्षमा प्रशान्त काफ्ले, उपाध्याय सुदर्शन सापकोटा र सचिवमा निर्वाचित विवेश भण्डारीलगायत विभिन्न हाउसका प्रमुख र उपप्रमुखमा निर्वाचित भएका विद्यार्थीहरुलाई प्रमुख निर्वाचन आयुक्त वेगनाथ गैरेले सपथ ग्रहण गराउनु भएको हो ।
    निर्वाचित विद्यार्थीहरुलाई सपथ ग्रहण गराउँदै प्रमुख निर्वाचन आयुक्त वेगनाथ गेैरेले निर्वाचनको महत्व प्रकाश पार्दै आफ्नो पदीय जिम्मेवारी बुझेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    सपथ ग्रहण कार्यक्रममा विद्यालयका प्राचार्य मीनराज बस्ताकोटीले विद्यार्थीहरुलाई जिम्मेवार बनाएर शैक्षिक शत्र २०८२ सालका विभिन्न शैक्षिक गतिविधिहरुलाई व्यवस्थित रुपले अगाडि बढाउने उद्देश्यले लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचन गरिएको जानकारी दिँदै आ(आफ्नो जिम्मेवारी बुझेर काम गर्न निर्देशन दिनुभयो।

    निर्वाचनको लागि सात ओटा मतपेटिका राखिएको थियो भने मत पत्रहरु तयार गरी स्वस्तिक चिन्ह लगाएर मतदान गर्ने व्यवस्था गरिएको थियो । अघिल्लो दिने नै उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशित गरी मतदाताहरुलाई मतदाता शिक्षा प्रदान गरिएको र मौन अवधिसमेत तोकिएको हुनाले मतदान कार्य सहज भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख केशव पौडेलले जानकारी दिनुभयो ।

    मतदान स्थलमा व्यवस्थित रुपले मतदान गर्ने व्यवस्था मिलाईएको थियो भने पर्यवेक्षकहरुले पनि मतदान स्थलमा अनुगमन गरेका थिए । निर्वाचनमा निर्वाचन आचारसंहिता जारी गरी गरिएको थियो । स्वयमसेवकहरुले मतदाताहरुलाई आवश्यक सहयोग गरिरहेका थिए भने मतदाताहरु खुशी भएर मतदान गरेका थिए ।

    ‘मतदानको कुरा सुनिएको थियो , आज प्रत्यक्ष सहभागी भएर मतदान गर्न पाउँदा खुशी छौँ , हामीलाई निर्वाचन सम्बन्धी पाठ बुझ्न सजिलो भयो।’ कक्षा ९ मा अध्ययनरत विद्यार्थी केशव कंडेलले जानकारी दिए ।
    निर्वाचन कार्यक्रममा कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी भएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.