कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष
न्युजभित्तो/१० जेष्ठ २०८२, शुक्रबार १०:४४
कञ्चनपुर, ९जेठ । कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको छ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलालीको टोलीले तरकारीको नमूना सङ्कलन गरी प्रयोगशालामा जाँच गर्दा तरकारीमा उपभोग गर्न नहुने मात्रामा विषादी फेला पारेको छ।
एकाइ कार्यालयका नायब प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टका अनुसार आज शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा सञ्चालनमा रहेका ६ वटा पसलबाट सङ्कलन गरिएका १० वटा तरकारीका नमूनामध्ये तीतेकरेलामा उपभोग गर्नै नहुने मात्रामा विषादीको अवशेष पाइएको छ।
करेलाको नमूना परीक्षण गर्दा कार्वामेट १४.८५७ र अर्गानोफस्फेट ६०.५९९ प्रतिशत रहेको पाइएको छ।
तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म विषादीको मात्रा भए केही दिन राख्ने र पर्खने विषादीको मात्रा घटेको पाइए मात्र खानयोग्य हुन्छ, क्वारेन्टाइन गर्नुपर्ने हुन्छ, एकाइ कार्यालयका नायब प्राविधिक सहायक भट्टले भने, विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी पाइए बिर्सजन (नष्ट) गर्नुपर्ने हुन्छ, खानयोग्य हुँदैन।
उनका अनुसार प्रयोगशालाले कार्वामेट र अर्गानोफस्फेट गरी दुई समूहका विषादीको परीक्षण गर्दै आएको छ। झलारी बजारमा रहेका छवटा पसलमा एकाइ कार्यालयको टोलीले अनुगमन गरी काँक्रो, लौका, रायो, भिन्डी, आलु, करेला, बोडी, गोलभेँडालगायतका गरी १० वटा नमूना प्रयोगशालामा जाँचका लागि सङ्कलन गरी परीक्षण गरेको छ।
सङ्कलित नमूनामा रायोको नमूनामा ३३.९४८ अर्गानोफस्टेट रहेको पाइएको छ। अन्य तरकारीका सङ्कलित नमूनामा किटनाशकको अवशेष शून्य.१५० देखि २७.९२७ रहेको पाइएको छ।
विषादीको मात्रा अत्यधिक भेटिएको तरकारी पसलबाट जफत गरी नष्ट गरिएको छ। विषादीको प्रयोग गरी करेला बिक्री गर्न ल्याउने किसानलाई पहिलोपटकका लागि सचेत गर्ने कार्य गरिएको शुक्लाफाँटा नगरपालिकाको कृषि शाखाका कर्मचारीले बताए।