सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिवनाथमा मातृ र शिशु मृत्यु शून्य


  •    न्युजभित्तो/८ जेष्ठ २०८२, बुधबार १४:४९ 
  • बैतडी, ७ जेठ । बैतडीको शिवनाथ गाउँपालिकाले ‘घरमा हुने सुत्केरी शून्य’ अभियान सञ्चालन गरेको छ । यसका लागि १७ सुरक्षित प्रसूति सेवा केन्द्र मार्फत सेवा प्रदान गरिराखेको छ ।

    शिवनाथ ३ लाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिसकिएको छ भने अन्य वडालाई घोषणाको तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । घरमा हुने सुत्केरी शून्य बनाउनका लागि स्वास्थ्य संस्थाभन्दा टाढा रहेका बस्तीलाई लक्षित गरेर प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएका हिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो । गाउँपालिकाका ६ वडामा १७ प्रसूति सेवा केन्द्र सञ्चालनमा रहेका छन् । उहाँले भन्नुभयो, “गाउँपालिकामा जनप्रतिनिधि आएपछि हरेक वडामा आवश्यकता अनुसार सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएका छन् । २०७४ सालदेखि गाउँपालिकाका हरेक वडामा सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएका हुन् ।”

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताका अनुसार पालिकामा रहेका स्वास्थ्य संस्था र स्वास्थ्य संस्था बाहिर पनि प्रसूति सेवा केन्द्र सञ्चालनमा रहेका छन् । शिवनाथ को वडा नं १ मा ३, वडा नं २ मा ३, वडा नं ३ मा २, वडा नं ४ मा ३, वडा नं ५ मा ३ र वडा नं ६ मा तीनओटा प्रसूति सेवा केन्द्र रहेका हुन् ।

    स्वास्थ्य संस्थाभन्दा टाढा रहेका बस्तीलाई लक्षित गरेर प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएका छन् भने स्वास्थ्य संस्थामा पनि चौबिसै घण्टा सुरक्षित प्रसूति सेवा सञ्चालनमा रहेको हुन् ।

    प्रत्येक बस्ती र वडामा सुरक्षित प्रसूति सेवा प्राप्त भएपछि शिवनाथ गाउँपालिकालाई नै घरमा हुने सुत्केरी शून्य घोषणाको तयारी भएको छ । हरेक वर्ष स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका बताउँदै अध्यक्ष साउँदले आगामी बजेटमा पनि हामी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिने प्रतिवद्धता गर्नुभयो ।

    गाउँपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा झण्डै दुई करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो । वडा र बस्तीमा सुरक्षित प्रसूति सेवा केन्द्रमार्फत सेवा विस्तार भएपछि मातृ मृत्युु र शिशु मृत्यु पनि शून्यमा झरेको प्रमुख प्रशासकीय अधिकृत महताले बताउनुभयो । गाउँपालिकाभित्र रहेका सुरक्षित प्रसूति सेवा केन्द्र र स्वास्थ्य संस्थाबाट एक वर्षको अवधिमा ४०० महिलाले सेवा लिएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.