सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘साइबर’ कानुनबारे गाउँका विद्यार्थीलाई पढाउँदै प्रहरी


  •    न्युजभित्तो/८ जेष्ठ २०८२, बुधबार ११:१९ 
  • ओखलढुङ्गा, ७ जेठ । साइबर अपराध हुन नदिन विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन प्रहरीले यहाँका विद्यालयमा साइबार कानुनसम्बन्धी कक्षा सञ्चालन गरेको छ ।

    कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रहरीले पढाउन थालेको छ । सिद्धिचरण नगरपालिका–११ को जाल्पा माध्यमिक विद्यालयबाट सुरु भएको साइबर अपराध न्यूनीकरणबारे सचेतना कक्षा ओखलढुङ्गाका सबै पालिकाका विद्यालयमा सञ्चालन हुने जिल्लाका प्रहरी प्रमुख मदन केसीले राससलाई बताउनुभयो ।

    जाल्पा माध्यमिक विद्यालयका शिक्षक बेचन अधिकारीले अभियानबाट विद्यार्थीमा चेतना अभिवृद्धि हुनुका साथै समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । ‘प्रहरी मेरो साथी’ भनाइलाई यस्ता अभियानले सार्थक बनाउने उहाँले बताउनुभयो ।

    यसैबीच, जिल्लाका दुर्गम क्षेत्रका विद्यालयमा पनि कक्षा सञ्चालन हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् । यसअघि पनि जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न विद्यालयमा बालविवाह र लागुऔषधविरुद्ध कार्यक्रम सञ्चालन गरेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.