सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कामना सेवा विकास बैंकद्वारा भरतपुरमा विद्यार्थीलाई पोशाक वितरण


  •    न्युजभित्तो/७ जेष्ठ २०८२, मंगलवार १५:३४ 
  • चितवन, ६ जेठ  । कामना सेवा विकास बैंक लिमिटेड, ज्योतिनगर शाखाले भरतपुर महानगरपालिका–२६ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, खद्रौलीका ४५ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यो सहयोग प्रदान गरेको हो। बैंकका ज्योतिनगर शाखा प्रवन्धक बिनोद सुवेदी र क्षेत्रीय कार्यालयका कर्मचारी प्रवीण बर्तौलाले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर रूपमा सामाजिक कार्यमा सहयोग गर्दै आएको बताउनुभयो। “हामीले शिक्षा, स्वास्थ्य, र सामुदायिक विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेका छौं। यस्ता कार्यक्रममार्फत हामी समाजमा सकारात्मक प्रभाव पार्न प्रतिबद्ध छौं,” बैंकका ज्योतिनगर शाखा प्रवन्धक सुवेदीले भन्नुभयो।

    यो पहलले विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार्न र उनीहरूको आत्मविश्वास बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। कामना सेवा विकास बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन प्रधानाध्यापक रमाकान्त न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, बैंकका कर्मचारी, अभिभावक, र वडा नं. २६ का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.