सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनआरएन कविता प्रतियोगिताको पुरस्कार घोषणा


  •    न्युजभित्तो/७ जेष्ठ २०८२, मंगलवार १५:०४ 
  • काठमाडौँ, ६ जेठ । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका, नेपाली भाषा, साहित्य समितिले विश्वभर छरिएर रहेका नेपाली भाषी कविहरूबीच आयोजना गरेको ‘के म नेपाली हैन र रु’ भन्ने शीर्षकको कविता प्रतियोगिताको नतिजा घोषणा भएको छ ।

    जेठ ४ मा ‘भर्चुअल’ रुपमा सम्पन्न उत्कृष्ट बाह्रौँ स्थानसम्मका कविहरू सम्मिलित कविता वाचन कार्यक्रममा नतिजा घोषणा गरिएको थियो । नतिजाअनुसार हाल अमेरिकाको नर्थ क्यारोलिना अमेरिकामा बस्नुहुने सुबोध पौडेल प्रथम हुनुभएको छ ।

    यसैगरी, बाँके खजुराका जीवराज बम दोस्रो, स्याङ्जाका लोकहरि पाण्डेय तेस्रो हुनुभएको आयोजक समितिले जनाएको छ । समितिका अनुसार प्रथम हुनेले ६०० अमेरिकी डलर, द्वितीय हुनेले ४०० डलर र तृतीय हुनेले ३०० डलर प्राप्त गरेका छन् ।

    यसैगरी, पोखराका संयोग बस्याल, इलामका (हाल कतारमा रहनुभएका) युगलमणि ढकाल, इलामकै विभूति अधिकारी, नवलपरासी ९हालनर्वे० मा रहनुभएका राजेश सापकोटाले प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ ।

    भाषा साहित्य समितिका अध्यक्ष राजेन्द्रप्रसाद अर्यालको सभापतित्वमा सञ्चालित उक्त कवि गोष्ठीमा दश जना कवि उत्तमराज भेटवाल, जीवराज बम, मधुसूदन पराजुली, ईश्वरीप्रसाद रिजाल, विभूति अधिकारी, सुबोध पौडेल, मदन घिमिरे, संयोग बस्याल, लोकहरि पाण्डेय र राजेश सापकोटा सहभागी हुनुभएको थियो ।

    कविगोष्ठीका लागि कुल १३८ कविता प्राप्त भएको आयोजक समितिका सदस्य डा अजित घिमिरेले जानकारी दिनुभयो । प्रा जगतप्रसाद उपाध्याय, डा मुकुन्द वाग्ले पथिक र प्रभा भट्टराईले कविता मूल्याङ्कन गर्नुभएको थियो ।

    एनआरएनए अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडेले परदेशमा गैरआवासीय नेपालीहरू नेपालकै भलो र हितमा प्रतिबद्ध मात्र छैनन्, नेपालको नक्सा छातीमा टाँसेर हिँडेका छन् भन्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.