सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा ‘मेसवायर जाली’


  •    न्युजभित्तो/७ जेष्ठ २०८२, मंगलवार ११:४९ 
  • चितवन, ६ जेठ । डिभिजन वन कार्यालयले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि ‘मेसवायर जाली’ राख्ने कार्य सुरु गरेको छ । मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काम सुरु गरिएको हो ।

    कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार माडी नगरपालिकाका छ वटा सामुदायिक वनमा मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि घेरबार (मेसवायर जाली) राख्न लागिएको हो । दुई हजार ८०० मिटर क्षेत्रफलमा यो जाली राखिने छ । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि हामीले मध्यवर्ती क्षेत्रमा पहिलोपटक काम थालेका छौँ । प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको रु एक करोड १५ लाखको लागतमा जाली राख्ने काम सुरु गरिएको हो ।

    सूचना अधिकारी पौडेलले भन्नुभयो,“भूक्षय नियन्त्रणसहितको काम भइरहेको छ । वन्यजन्तु बस्तीमा पसेर धनजनको क्षति न्यूनीकरण गर्न यो कार्यक्रम प्रभावकारी हुने छ । वन्यजन्तु बस्तीमा वढी मात्रामा प्रवेश गर्ने मध्यवर्ती सामुदायिक वनमा जाली राखेर बस्ती पस्नबाट रोक्न लागिएको हो । जाली राखेसँगै वन्यजन्तु सहज रूपमा बस्ती पस्न सक्दैनन् । माडी क्षेत्रमा वन्यजन्तुले अन्नबाली, घरटहरामा क्षति पुर्याउँदै आएका छन् । यसका कारण यस क्षेत्रमा बढी मात्रामा मानव–वन्यजन्तुबीचको द्वन्द्व रहँदै आएको छ । ” यसको न्यूनीकरणका लागि प्रदेश सरकारले काम गरेको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.