सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए


  •    न्युजभित्तो/६ जेष्ठ २०८२, सोमबार ११:३० 
  • रामपुर (पाल्पा), ५ जेठ । पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिकाभित्र रहेका बालबालिकाले पूर्णखोप लगाएको सुनिश्चितभएसँगै पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो ।

    योसँगै जिल्लाका आठवटा पालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ । रामपुर नगरपालिकामा जिल्लाखोप समन्वय समिति पाल्पाले प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

    जिल्ला खोप समन्वय समितिका संयोजक टङ्कनाथ खनाल, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोख्रेलले, रामपुर नगरप्रमुख रमणबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डित, स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेलाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण पत्रप्रदान गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्नुभएको हो ।

    यसवर्ष रामपुर नगरपालिकासँगै आठ पालिका पूर्ण खोप सुनिश्चित पालिका भइसकेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ ६ गते भित्र बाँकी दुई पालिकालाई पनि घोषणा गरिनेछ ।

    जिल्लामा चालु आर्थिक वर्षभित्र कुनै पनि महिला घरमा प्रसूति हुनु नपरेको तथ्याङ्क प्रस्तुतगर्दै जिल्लालाई पहिलो संस्थागत सुत्केरीयुक्त जिल्ला घोषणाको तयारी भइरहेको पोखरेलले जानकारीदिनु भयो । सङ्घीयता पश्चात् २०७९ देखि पाल्पालाई निरन्तर तेस्रो वर्षसम्म पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्न सफल भएको उहाँको भनाइ छ ।

    चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिनासम्मका पाँच सय ५७ र १६ महिना देखि ५९ महिना सम्ममा एक हजार नौ सय ७३ जनाले पूर्णखोप प्राप्त गरेको तथ्याङ्क रहेको रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो ।

    कार्यक्रमको अवसरमा नगरभित्रका दशवटै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा र वडा नं १ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको छ । पाल्पालाई विसं २०७० फागुन १३ गते नेपालकै पहिलो पूर्णखोप सुनिश्चितजिल्ला घोषणा गरिएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.