सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिलालाई सीप विकासमा जोड दिँदै स्थानीय तह


  •    न्युजभित्तो/५ जेष्ठ २०८२, आईतवार १०:५४ 
  • रामपुर (पाल्पा), ४ जेठ । पाल्पाका स्थानीय तहले महिलालाई आत्मनिर्भर बनाउन सीप विकासमा जोड दिन थालेका छन् । घरायसी कामका अलवा घरमै बसेर आयआर्जन गर्न सकिने हुँदा स्थानीय तहले सीप विकास कार्यक्रमअन्तर्गत विभिन्न तालिम प्रदान गरेका छन् ।

    पोतेमाला, चुरा, स्वीटर बुन्ने, सिलाइकटाई, साबुन, सरफ, आलुचिप्स, अचार बनाउने, मकैका खोस्टा र थाकलको पातबाट झोला, क्रिस्टलको गरगहना र धुप बनाउनेलगायत सीपमूलक तालिम स्थानीय तहबाट आयोजना भइरहेका छन् । घरमै फुर्सदको समय बिताएर बस्ने महिला हिजोआज सीप विकास तालिममा सहभागी भएर आयआर्जनतर्फ अग्रसर हुन थालेका छन् ।

    उपप्रमुख ग्रामीण महिला उत्थान कार्यक्रमअन्तर्गत यस वर्ष पोतेमाला तथा चुरा बनाउने तालिममार्फत महिलालाई व्यवसाय सञ्चालन तथा प्रवर्द्धन सीप प्रदान कार्यक्रम सञ्चालन गरिएको रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले बताउनुभयो । स्थानीय उत्पादनको अभिवृद्धि गरी रामपुरलाई आत्मनिर्भर बनाउन विभिन्न उत्पादनमूलक तालिम सञ्चालन गर्दै आएको उहाँ बताउनुहुन्छ ।

    “दैनिक जीवनमा आवश्यक पर्ने वस्तु उत्पादन गरी नगरलाई आत्मनिर्भर बनाई आर्थिक समृद्धिका लागि विभिन्न सीपका आयमूलक तालिम सञ्चालन गर्दै आएका छौँ, आर्थिक समृद्धि र जीविकोपार्जनका लागि सीपमूलक तालिम महत्त्वपूर्ण हुने छ, हरेक वर्ष नगर सरकारले सीपमूलक तालिम आयोजना गरी महिला उद्यमी उत्पादन गर्ने गरेको छ”, नगरउपप्रमुख थापाले भन्नुभयो ।

    तालिममा सीप सिकेर उद्यमी बन्न चाहने महिलालाई सृजनात्मक र परम्परागत व्यवसाय शैलीलाई व्यावसायिक बनाउनका साथै व्यावसायिक योजना बनाउन सिकाइने गरेको उद्यम विकास सहजकर्ता रुपेश सिंजापतिले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाभित्रका ३८ महिलालाई सीप विकास प्रदान गरिने छ ।

    यसैगरी तानसेन नगरपालिकाका महिलालाई क्रिस्टलको गहना र धुप बनाउने तालिम प्रदान गरिएको छ । यहाँका वडा नं ३ मा बसोबास गर्ने महिलालाई लक्षित गर्दै वडा कार्यालयको सहयोगमा उक्त सीपमूलक तालिम आयोजना गरिएको हो । पुरानो पानीट्यङ्की टोल विकास संस्थाको आयोजनामा भएको तालिममा सहभागी महिलाले क्रिस्टलको गहना र धुप बनाउने सीप सिकेका छन् ।

    महिलालाई आर्थिक क्षेत्रमा अब्बल बनाउन सीपमूलक तालिम सञ्चालनमा जोड दिएको तानसेन नगरपालिका–३ का वडाध्यक्ष बाबुरत्न शाक्यले जानकारी दिनुभयो । यस्ता तालिमले महिला सशक्तीकरणमा सघाउ पुग्ने उहाँको भनाइ छ । यस्ता सीपमूलक तालिम लिएर यहाँका महिलाले व्यवसायतर्फउन्मुख हुने गरेका छन् । साँझबिहान घरधन्दा सकाएर आयआर्जन बटुल्न सकिने हुँदा सीपमूलक तालिम महिलाका लागि उपलब्धिमूलक बनेको छ । थोरै लगानीमा घरमै बसेर आम्दानी गर्न सकिने भएपछि महिलाहरू पनि यस्ता तालिममा उत्साहित हुँदै सहभागिता जनाउने गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.