सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा


  •    न्युजभित्तो/३ जेष्ठ २०८२, शुक्रबार १५:३१ 
  • चितवन, २ जेठ । भरतपुर वडा नम्बर २४ लाई बालमैत्री वडा घोषण गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा घोषणा गर्नुभयो ।

    भरतपुर–२४ बालमैत्री वडा घोषण भएसँगै भरतपुरका ६ वटा वडा बैलमैत्री घोषणा भएका छन् । यसअघि भरतपुर १४, १३, २३,२१ र ६ घोषणा भइसकेको छ । भरतपुरलाई आथिर्क वर्ष ०८३/८४ मा पूर्ण बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ । ५ वटा वडा घोषणाको तयारीमा रहेको छ ।

    बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचक तय गरिएको छ । त्यसमध्ये बालमैत्री घोषणा कार्यविधिअनुसार केही सूचक शतप्रतिशत र केही ८० प्रतिशत पूरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ । यसका चारवटा खम्बा रहेका छन् । सहभागिता, विकास, संरक्षण, बाँच्न पाउने अधिकार रहेका छन् । यी सूचकहरू पूरा भएकाले वडा नम्बर २४ लाई बालमैत्री वडा घोषाणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिनुभयो ।

    ०७६ सालमा भरतपुर–१४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो । भरतपुरलाई बालमैत्री नगर बनाउन ०६८ सालदेखि नै अभियान थालिएको हो ।

    उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताउनुभयो । अहिले वडा बालमैत्री घोषणा भएको यो अभियानको सुरुवात भएको उल्लेख गर्नुभयो । अधिकारीले महानगरपालिका पूर्वाधार विकाससँगै सामाजिक र मानव अधिकारका विषयमा त्यत्तिकै ध्यान दिएको जानकारी दिनुभयो ।

    भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बालमैत्री वातावरण निर्माण गर्न बालबालिकाका लागि उपयुक्त संरचना निर्माण गर्नु पर्ने औल्याउनुभयो । बालबालिका सहज रुपमा हिड्न, खेल्न, शौचालय जान, भर्‍याङ चढ्ने मिल्ने निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

    घोषणा गर्ने, तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सबै वडावासी जिम्मेवार बन्नुपर्ने बताउनुभयो । बालमैत्री घोषणासँगै थप चुनौती र जिम्मेवारी थपिएको उहाँको भनाइ छ । कार्यक्रम वडाध्यक्ष रामबहादुर गोदारको अध्यक्षतामा भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.