सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्दार


  •    न्युजभित्तो/२ जेष्ठ २०८२, बिहीबार १२:४० 
  • मान्म (कालीकोट), १ जेठ । सुत्केरी हुन नसकेपछि एक महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । कालीकोटको तिलागुफा नगरपालिका–१० का २२ वर्षीया सन्तकला रोकायालाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

    स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नहुँदा अवस्था जटिल बन्दै गएका कारणले बिहीबार उहाँलाई हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको तिलागुफाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

    रोकाया सुत्केरी हुने अनुमानित मिति जेठ १९ गते भएको र प्रसुती व्यथा सुरु हुनु अगावै खतराको लक्षण देखा परेकाले आकस्मिक अप्रेसन गरी बच्चा र आमालाई स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले रिफर गरिएको स्वास्थ्य चौकी चिल्खायाका सिनियर अहेब धनरुप शाहीले बताउनुभयो ।

    सुत्केरी व्यथा लागि जटिल अवस्थामा पुगी रोकायाको उक्त बर्थिङ सेन्टरमा सुत्केरी गराउनसमेत नसकिने हुँदा तत्काल सुविधा सम्पन्न अस्पतालमा थप उपचार गराउनुपर्ने भएको र उहाँको आर्थिक अवस्था कमजोर भएको भनि तिलागुफा नगर कार्यपालिकाको कार्यालयको पत्रका आधारमा महिला उत्थान समन्वय एकाइको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.