सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सगरमाथा संवादमा प्रकृति संरक्षणमा योगदान भएका समुदायका आवाज उठान गर्न माग


  •    न्युजभित्तो/१ जेष्ठ २०८२, बुधबार १३:५८ 
  • काठमाडौँ, ३१ वैशाख । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आसन्न सगरमाथा संवादमा विदेशी पाहुनाका साथै मुलुकभित्रबाट सबै समावेशी प्रतिनिधित्व हुने गरी व्यवस्था गरिएको बताउनुभएको छ ।

    आदिवासी जनजाति महिला युवा सञ्जालले आज यहाँ आयोजना गरेको सगरमाथा संवादको ‘प्रि संवाद’ कार्यक्रममा उहाँले जलवायु परिवर्तनको असरबाट प्रभावित समुदायका मुद्दामा छलफल हुने उल्लेख गर्नुभयो ।

    मन्त्री शाहीले भन्नुभयो, “प्रकृतिको समिपमा रहने समुदाय जलवायुबाट बढी प्रभावित भएको महसुस भएको विषय हो, त्यसलाई सम्बोधन गर्न सरकारले नीतिगत व्यवस्था गरेको छ ।”

    कार्यक्रममा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले नेपाल जलवायुका असरबाट विश्वमै सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको उल्लेख गर्दै समाधानका लागि विश्व मञ्चमा सशक्त रुपमा आवाज उठाउनुपर्ने बताउनुभयो । साथै उहाँँले प्रकृति संरक्षणमा महत्वपूर्ण योगदान भएका समुदायका आवाज प्राथमिकता साथ सगरमाथा संवादमा उठाउन सुझाव दिनुभयो ।

    सञ्जालका अध्यक्ष रिसा श्रेष्ठले जलवायु परिवर्तनका असरबाट प्रकृतिसँग प्रत्यक्ष जोडिएका आदिवासी जनजाति समुदाय बढी प्रभावित भएको उल्लेख गर्दै उनीहरुका समस्या सम्बोधनमा सरकार संवेदनशील हुनुपर्ने बताउनुभएको थियो । मन्त्रालयका उपसचिव प्रकाशसिंह थापा सगरमाथा संवादको तयारी बारेमा जानकारी गराउनुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.