सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इच्छाकामनामा गठन भयो मानवअधिकार एलाइन्स


  •    न्युजभित्तो/२८ बैशाख २०८२, आईतवार १४:११ 
  • भरतपुर, २८ बैशाख । राष्ट्रिय मानवअधिकार सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) चितवन शाखाले इच्छाकामना गाउँपालिकामा कमिटी गठन गरेको छ । एलाइन्सको पालिकास्तरीय कमिटी गठन कार्यक्रमअन्तर्गत शनिबार इच्छाकामना गाउँपालिकामा कमिटी गठन भएको हो ।

    मानवअधिकार एलाइन्स चितवनका अध्यक्ष किशोर खनालका अनुसार मानवअधिकार रक्षकहरुको भेलाले गाउँपालिकामा कमिटी गठन गरेको हो । ‘यसअघि खैरहनी र रत्ननगरमा एलाइन्सको पालिका कमिटी गठन भइसकेको छ’ अध्यक्ष खनालले भने ।

    इच्छाकामना गाउँपालिकाको भेलाले दलबहादुुर बुढाथोकीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको छ । प्रत्येक वडाबाट एक जना प्रतिनिधि कमिटीमा रहेका छन् । भेलाकी प्रमुख अतिथि इच्छाकामना गाउँपालिका उपप्रमुख माया सिलवालले निर्वाचित कमिटीलाई मानव अधिकारको रक्षार्थमा निरन्तर लाग्नलाई सुझाव दिएकी थिइन् ।

    ‘मानवअधिकारबाट कोही वञ्चित भएमा उसलाई न्याय दिलाउन अब इच्छाकामना कमिटीको सक्रिय भूमिका रहनेछ’ सिलवालले भनिन्, ‘आगामी वर्ष गाउँपालिकाले मानवअधिकारसम्बन्धी सचेतनाका कार्यक्रम ल्याउन सहयोग गर्नेछ ।’

    कमिटीको उपाध्यक्षमा कमला भट्टराई, सचिवमा शान्तादेवी पाण्डे, कोषाध्यक्षमा लक्ष्मी कँडेल, उपसचिवमा राधा कँडेल निर्वाचित भएका छन् । सदस्यहरुमा नवीन सिलवाल, विशाल गुरुङ, हिराबहादुर गुरुङ, तकवीर गुरुङ, मीनबहादुर श्रेष्ठ, रामबहादुर घर्ती, आकृति त्रिपाठी, मनकुमारी गुरुङ, माधव गिरी, कमला भण्डारी, पार्वती गुरुङ र गोमा गुरुङ निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षमा निर्वाचित दलबहादुर बुढाथोकीले इच्छाकामनाको मानवअधिकारको रक्षामा कमिटी सदैव सक्रिय हुने र यसको सञ्जाललाई वडा तहसम्म लैजाने प्रतिबद्धता जनाए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.