सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अण्डाको मूल्य फेरी वढ्यो


  •    न्युजभित्तो/२६ बैशाख २०८२, शुक्रबार ११:४६ 
  • चितवन, २६ बैशाख । अण्डाको मूल्य फेरी वढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजबाट लागु हुने गरि अण्डाको मूल्य बढाएको हो ।

    संघका सचिब मदन पोखरेलका अनुसार आजबाट एक्सएल अण्डा प्रति क्रेट (३० गोटा)को रु ४८५, ठूलो अण्डा ४६० र मिडियम अण्डा रु ४१० कायम गरिएको छ । उहाँका अनुसार चितवनबाट लोड भई देशेभरीको अण्डा बिक्रि केन्द्रमा पु¥याउँदा भाडा, कार्टुन र क्रेट सहित प्रति पेटी (सात वटा क्रेट)को थप रु १४० लाग्ने छ ।

    गर्मीसँगै अण्डाको उत्पादन घट्दै जाँदा माग बढ्न थालेपछि अण्डाको मूल्यमा पनि बृद्धि भएको हो । गर्मीका कारण कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र संख्या दुवै घट्ने गर्दछ । जसका कारण अण्डा उत्पादनमा समेत कमी आउने र माग वढ्नुले अण्डाको मूल्य वढेको हो ।

    नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले उत्पादन घटेपछि माग बढेको हुँदा मूल्यमा समेत बृद्धि गरिएको बताउनुभयो । पोखरेलका अनुसार गत साता मात्रै नयाँ समर्थन मूल्य तोकिएको अण्डाको फेरी मूल्य तोकीएको हो । गत साता एक्सएल अण्डा प्रतिक्रेट (३० गोटा) को रु.४६०, ठूलोको रु.४३५ र मिडियमको रु.३८५ कायम गरिएको थियो । बजारमा माग अनुसार अण्डा नपाएपछि क्रमशः मूल्य बढ्दै गएको हो । अहिले दैनिक २८ हजार काटुन अण्डा उत्पादन हुँदै आएको छ ।

    गत वर्ष प्रतिक्रेट (३० गोटा)को रु ५२५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु ३५० मा झरेको थियो । मूल्य घटेसँगै लागत मूल्य धान्न नसकेपछि धेरै कृषकले अण्डा दिंदै गरेका कुखुरा समेत बिक्री गर्न बाध्य भएका थिए । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ पर्न आउँछ । वढेको मूल्यले अझै लागत मूल्य नपुग्ने पोखरेल बताउनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.