सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी


  •    न्युजभित्तो/२५ बैशाख २०८२, बिहीबार १३:०७ 
  • चितवन, २५ वैशाख । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्षको चैत सम्ममा पर्यटकको सङ्ख्यामा कमी आएको हो ।

    गत आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्षको चैत सम्ममा एक लाख ८२ हजार २२७ जना पर्यटकले निकुञ्ज घुमेका छन् । गत आर्थिक वर्षमा दुई लाख ५० हजार ३३७ जनाले निकुञ्ज घुमेका थिए ।

    चालु आर्थिक वर्षको चैतसम्म नेपाली ९२ हजार ८९०, सार्कका १६ हजार ७९८ र तेस्रो देशका ७२ हजार ५३९ पर्यटकले निकुञ्ज घुमेका छन् । गत आर्थिक वर्षको तुलनामा यस वर्ष आन्तरिक पर्यटकको सङ्ख्यामा ठूलो गिरावट आएको तथ्याङ्कले देखाएको छ ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्या र सफारी गर्ने जिप सङ्ख्यामा कमी आउँदा पर्यटकसँगै राजस्वसमेत घटेको बताए । यद्यपी निकुञ्जमा भीडभाड नभएको वन्यजन्तुका लागि राम्रो हुने उनको भनाइ छ । गत आर्थिक वर्षमा यो अवधिमा रु २८ करोड २६ लाख राजस्व सङ्कलन भएकामा यस वर्ष रु २३ करोड ६४ लाख ९९ हजार मात्र राजस्व स्कलन भएको छ ।

    चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले कोभिड पछि मानिसमा क्रयशक्ति कम्जोर बन्नु र कोभिड पछि उकुसमुकुस भएका धेरै पर्यटक गत वर्ष निकुञ्ज घुमेकाले यस वर्ष सङ्ख्या घटेको हुनसक्ने अनुमान गरे । उनले भने, “जुन सुकै क्षेत्रमा पनि उच्च तहमा पुगे पछि क्रमशः घट्दै जान्छ ।” निकुञ्ज भित्रको घाँसे मैदान व्यवस्थापन समयमा हुन नसक्दा दुर्लभ वन्यजन्तु हेर्न नपाएकाले पनि केही हदसम्म पर्यटक घटेको हुनसक्ने उनको भनाइ छ ।

    क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष गुणराज थपलिया मूख्य रूपमा बाटोको कारण पर्यटक आगमनमा कमी आएको बताउछन् । उनले भने, “सडक र आकासबाट आउनै कठिन छ । कसरी पर्यटक आउँछन् ।” चितवनबाट भैरहवा, काठमाडौँ र पोखरा तीनैतर्फको सडकको स्तरोन्नसत हुँदै गरेकाले सहज नहुँदा पर्यटक नआएको उनी बताउछन् । जहाजबाट आउँदा समयमा उडान नहुने र भाडा महङ्गो भएको थपलियाको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.