सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन


  •    न्युजभित्तो/२३ बैशाख २०८२, मंगलवार १४:२३ 
  • जुम्ला, २३ वैशाख । यहाँको कनकासुन्दरी गाउँपालिका–६ स्थित गोरुचौरमा नेपाली सेनाले सञ्चालन भएको एकदिने बृहत् स्वास्थ्य शिविरमा पाँच सय ५६ जनाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् ।

    सेनाको २४ नंं गुल्म र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ‘जनरल फिजिसियन’, स्त्रीरोग, दन्तरोग विशेषज्ञ चिकित्सकसहितको मेडिकल टोलीद्वारा सोमबार सम्पन्न शिविरमा स्थानीयवासीको स्वास्थ्य जाँच गरिएको सेनाले जनाएको छ ।

    यहाँको कनकासुन्दरी, सिञ्जा, हिमा, तातोपानी र तिला गाउँपालिका तथा मुगु जिल्लाको खत्याड गाउँपालिका स्थानीयवासीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको थियो । शिविरमा महिला ३१९, पुरुष १८४ र बालबालिका ५३ जनाले सेवा लिएको देवीदत्त गण जुम्लाका गणपति प्रमुख सेनानी धिरज थापाले जानकारी दिनुभयो ।

    कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले पालिकामै पुगेर यहाँका स्थानीयवासीको स्वास्थ्यलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकामा सेनालाई धन्यवाद दिनुभयो । नागरिक र सैनिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।

    उपचार सेवा लिएका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.