सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भद्रपुरमा रक्तसञ्चार सेवा सञ्चालनमा


  •    न्युजभित्तो/१९ बैशाख २०८२, शुक्रबार १६:११ 
  • भद्रपुर (झापा), १९ वैशाख । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले भद्रपुरमा आधुनिक प्रयोगशालासहितको रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएको छ । शाखाको ५१औँ वार्षिक साधारणसभाका अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिहीबार उक्त प्रयोगशालाको उद्घाटन गर्नुभयो ।

    भौतिक मन्त्रालयअन्तर्गत रहेको निर्माण व्यावसायी महासङ्घको कोषबाट रु ६० लाख तथा नेपाल रेडक्रस सोसाइटीको रु १५ लाखमा उक्त प्रयोगशाला निर्माण गरिएको रेडक्रसका जिल्ला सभापति लोकराज ढकालले जानकारी दिनुभयो । आधुनिक प्रयोगशाला सञ्चालनमा आएपछि सङ्कलित रगतलाई एक वर्षसम्म सुरक्षित भण्डारण गर्न सकिने उहाँले बताउनुभयो ।

    रगतका विधिन्न तत्वलाई छुट्टयाउने उपकरण जडान गरिएको उल्लेख गर्दै उहाँले यसको सहयोगमा रगतमा भएका राता रक्तकोष, सेता रक्तकोष, प्लेटलेस र प्लाज्मालाई छुट्याउन सकिने बताउनुभयो । रेडक्रसले जिल्लामा ६ रक्तसञ्चार सेवा मार्फत रगत व्यवस्थापन गर्दै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.