सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तिलामा सञ्चालित स्वास्थ्य शिविरबाट सात सयभन्दा बढी लाभान्वित


  •    न्युजभित्तो/१५ बैशाख २०८२, सोमबार १७:२१ 
  • जुम्ला, १५ वैशाख । जुम्लाको तीला गाउँपालिकामा सञ्चालित चारदिने विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य शिविरमा ७६५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

    यही वैशाख ११ देखि १२ गतेसम्म घोडेमहादेव स्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य शिविरमा २६१ जनाको स्वास्थ्य जाँच गरिएको छ । त्यस्तै वैशाख १३ देखि १४ गतेसम्म कुडारी स्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य शिविरमा ५०४ जनाले सेवा लिएको तिला गाउँपालिका स्वास्थ्य शाखाका ‘फोकल पर्सन’ उत्तम देवकोटाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकको सक्रिय सहभागितामा सञ्चालित तिला गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट विशेषगरी स्त्रीरोग, हाड तथा नसा रोग र सामान्य चिकित्सासम्बन्धी सेवा उपलब्ध गराइएको छ । तिला–७ का जयबहादुर बुढाले पालिकाको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरबाट स्थानीयले अपेक्षा गरेभन्दा बढी राहत पाएको बताउँदै यस किसिमका शिविर नियमित रुपमा आयोजना गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।

    तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले स्थानीय जनताको माग र सुझावबमोजिम निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गरिएको उल्लेख गर्दै आगामी दिनमा अझ धेरै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने पक्षमा पालिका रहेको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.