सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आन्दोलनरत शिक्षक आन्दोलनमा पत्रकार पनि घाइते


  •    न्युजभित्तो/१४ बैशाख २०८२, आईतवार १५:२६ 
  • काठमाडौं, १४ वैशाख । काठमाडौंमा आइतबार दिउँसो शिक्षक र प्रहरीबीच झडप भएको छ।

    शिक्षकहरूले प्रहरी घेरा तोडेर निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो। त्यसपछि प्रहरीले शिक्षकहरूलाई लक्ष्य गर्दै पानीका फोहरा पनि हानेको थियो।

    सो क्रममा बानेश्वर नजिकै आन्दोलन तथा झडपको रिपोर्टिङ गरिरहेकी एक जना पत्रकार घाइते भएकी छन्।

    प्राइम टाइम टेलिभिजनमा कार्यरत पत्रकार सबिना कार्की घाइते भएकी हुन्। प्रहरीले हानेको पानीको फोहराले कार्कीको आँखामा चोट लागेको छ।

    प्राइम टाइम टेलिभिजनका प्रमुख ऋषि धमलाले रिपोर्टिङका क्रममा संवाददाता कार्की घाइते भएको र उपचारका लागि तिलगंगा आँखा प्रतिष्ठानमा लगिएको बताए।

    प्रहरी र शिक्षकहरू झडप हुँदा केही शिक्षकहरू पनि घाइते छन्। घाइते शिक्षकहरूलाई ट्रमा सेन्टर र एभरेष्ट अस्पताल लगिएको प्रहरीले जनाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.