सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरमा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम


  •    न्युजभित्तो/१४ बैशाख २०८२, आईतवार १२:४५ 
  • चितवन, १४ बैशाख । सुत्केरी आमाहरुको लागि भरतपुर महानगरले ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु गरेको छ । आईतबार भरतपुर वडा नम्बर १७ स्थित गुञ्जनगर स्वास्थ्य चौकीबाट महानगर प्रमुख रेनु दाहालले पौष्टिक आहारसहितको झोला वितरण गरी कार्यक्रम सुरु गर्नुभएको हो । कार्यक्रममा सुत्केरी २२ जना आमाहरुलाई पोषण झोला प्रदान गरिएको थियो ।

    भरतपुरका सरकारी स्वास्थ्य संस्थामा शिशुलाई जन्म दिएका आमाहरुलाई पोषण झोला वितरण गरिने भरतपुर महानगरका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिनुभयो । ‘सुत्केरी पोषण झोला’ कार्यविधि पुस २४ गतेदेखि लागू भएकाले सो मितिदेखि गर्भवती भएका सुत्केरी आमालाई पोषण झोला वितरण गरिने छ । पोषण झोलामा घ्यू, चना, केराउ, अण्डा, आयोडीनयुक्त नुन, दुधबर्दक चुर्ण र मालिस तेल रहेका छन् ।

    पोषण कार्यक्रमले महानगरद्धारा सञ्चालित बर्थिङ सेन्टर र सरकारी स्वास्थ्य अस्पतालमा बच्चा जन्माउने क्रम बढ्ने अपेक्षा गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आमा र बच्चाको पोषणका लागि यो कार्यक्रम संञ्चालन गरिएको बताउनुभयो ।

    गाउँ–गाउँमा स्वास्थ्य सेवा पु¥याउने महानगरको योजनाअनुसार हाल ४२ वटा स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेको जानकारी दिनुभयो । विपन्न परिवारलाई पोषणको सन्तुलन कसरी मिलाउन सकिन्छ भन्ने जानकारी दिन यो कार्यक्रम महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।

    महानगरद्धारा सञ्चालित ५ वटा बर्थिङ सन्टरबाट भिडियो एक्सरेसहितको सेवा दिन महानगर अघि बढेको उहाँले बताउनुभयो । यी बर्थिङ सेन्टरबाट वार्षिक २ सय जना आमाले बच्चा जन्माउने गरेका छन् । सो अवसरमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासी जनताले कुनै पनि स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस् भनी यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

    बच्चा जन्माएर घर फर्कने क्रममा बच्चालाई न्यानो झोलासहित पोषण झोला समेत प्रदान गरिने शाखाका प्रमुख सुवेदीले जानकारी दिनुभयो । यो कार्यक्रम अब नियमित रुपमा संञ्चालन हुने छ । कार्यबिधि अनुसार बच्चा जन्मिएको ४५ दिन भित्र जन्मदर्ता गराई बर्थिङ सेन्टरमा निवेदन दिनु पर्नेछ । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष ललितमान तामाङ, भरतपुर महानगरपालिकाका स्वास्थ्य विज्ञ डा।भोजराज अधिकारी मन्तव्य राख्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.