सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन स्वरोजगार निर्माण संघ, भरतपुर २७को छैटौँ साधारण सभा सम्पन्न


  •    न्युजभित्तो/१४ पुष २०७६, सोमबार ०८:३२ 
  •    संगिता बानिया

    चितवन । चितवन स्वरोजगार निर्माण संघ, शाखा कार्यालय, भरतपुर २७ पर्साढापको छैटौँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभाका प्रमुख अतिथि भरतपुर– २७ का वडाअध्यक्ष गोविन्द तामाङ्गले निर्माण व्यवसायीहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माणमा जोड दिन आग्रह गर्नुभयो ।

    कच्चा संरचना निर्माण गर्ने कुनै पनि व्यवसायीलाई कारवाही र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेको पनि वडा अध्यक्ष तामाङ्गले बताउनुभयो । निर्माण संघको शाखा कार्यालय व्यवस्थित गर्नका लागि वडाले जग्गा प्रदान गर्ने प्रकृयामा रहेको उहाँले जानकारी दिनुभयो ।

    साधारणसभामा संघका सचिव कृष्ण शाहले आगामी वर्षको कार्ययोजना तथा कोषाध्यक्ष विक्रम महतोले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।

    साधारण सभामा चितवन स्वरोजगार निर्माण संघका अध्यक्ष शुक्रबहादुर मिझार, चितवन निर्माण सामग्री हार्डवेयरका प्रथम उपाध्यक्ष नरहरि घिमिरे, भवन निर्माण संघ, भरतपुर २७ का अध्यक्ष मदन हजरा पासवान, चितवन निर्माण सेवा संघका कुलबहादुर राई, पर्साढाप बजार व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र श्रेष्ठ, संघका संस्थापक अध्यक्ष नेत्रबहादुर नेपाली, उपाध्यक्ष छविलाल आले, ईश्वरी तिवारी, उत्तम घिमिरे, उत्तम महतो, श्याम चौधरी, जीवन पौडेल, छविलाल महरा, कृष्णबहादुर पौडेललगायतले आ–आफ्ना भनाई राख्नुभएको थियो ।

    चितवन स्वरोजगार निर्माण संघ, शाखा कार्यालय, भरतपुर २७ पर्साढापका अध्यक्ष धनिराम महतोको अध्यक्षतामा भएको साधारण सभाको संयोजन संस्थाका सल्लाहकार छबिलाल भट्टराईले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.