सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आवासीय चिकित्सक सडकमा, आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी


  •    न्युजभित्तो/११ बैशाख २०८२, बिहीबार १३:०६ 
  • काठमाडौं, ११ वैशाख । निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । सरकारी सरह निर्वाह भत्ता माग गर्दै सेतो पोशाक लगाएका उनीहरु माइतीघर मण्डलामा भेला भएका छन् ।

    उनीहरुले आज स्वास्थ्य मन्त्रालयसम्मै पुगेर प्रदर्शन गर्ने चेतावनी दिएका छन् । तर प्रहरीहरुले उनीहरुलाई अघि बढ्नबाट रोक्ने प्रयास गरिरहेका छन् ।

    चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६ औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् ।

    आन्दोलनरत चिकित्सकका अगुवाहरुले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको माग गरेका छन् ।

    उनीहरुले शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने आवासीय चिकित्सक बताउँछन् । उनीहरू भन्छन्, ‘यो आन्दोलन व्यक्तिगत स्वार्थको लागि होइन, सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि हो ।’

    आवासीय चिकित्सकहरु सेवा सुविधाको माग गर्दै २८ दिनदेखि प्रदर्शनमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार
    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण
    • राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
    • अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया
    • अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
    • कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.