सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

च्याङ्ग्राको नश्ल सुधारम तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म


  •    न्युजभित्तो/११ बैशाख २०८२, बिहीबार ११:३० 
  • मुस्ताङ, ११ वैशाख । लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा स्थानीय उपभोक्ता समितिमार्फत च्याङ्ग्रा फार्म सञ्चालन भएको छ । फार्म च्याङ्ग्राको नश्ल सुधारका साथै पशुविकासका कार्यक्रम सञ्चालन एवं अनुसन्धानको केन्द्रका रुपमा विकसित हुँदै गएको छ ।

    च्याङ्ग्राको नश्ल सुधार, पाठापाठी उत्पादन तथा पश्मिना उत्पादन गर्न सञ्चालित फार्ममा पाठापाठीसहित ६०० च्याङ्ग्रा छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हिमाली आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा च्याङ्ग्राको पश्मिना उत्पादन, नश्ल सुधारका निम्ति स्रोत केन्द्र स्थापना भएको हो ।

    हिमाली आयोजनाले स्रोत केन्द्र स्थापना गरेको केही समयपछि अलपत्र परेको केन्द्र स्थानीय उपभोक्ताले सम्हालेका हुन् । राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन केन्द्रले एक जना फार्म व्यवस्थापकसहित पाँच जना गोठाला, एक जना पशु प्राविधिकको व्यवस्था गरेको छ ।

    केन्द्रका जनशक्ति व्यवस्थापन तलबभत्ता उपलब्ध गराउनेदेखि च्याङ्ग्रालाई चाहिने दाना, घाँस औषधिउपचारलगायत उपकरणको व्यवस्था सरकारले गरेको छ । आठ रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रका लागि कार्यालय स्थापना तथा फार्म निर्माण गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गरेको पशु प्राविधिक धीरज बरुवालले राससलाई बताउनुभयो ।

    केही स्थानीय र केही तिब्बती च्याङ्ग्रा ल्याएर च्याङ्ग्रापालनको नश्ल सुधार गरी पश्मिना उत्पादन तथा प्रवद्र्धनमा जोड दिने गरी स्थापना भएको फार्ममा पाठापाठी हुर्किरहेका छन् । केन्द्रमा बर्सेनि १५० भन्दा बढी च्याङ्ग्राको पाठापाठी उत्पादन हुने गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.