सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको चितवन भेला सम्पन्न


  •    न्युजभित्तो/१४ पुष २०७६, सोमबार ०७:५७ 
  • चितवन । भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानको प्रथम चितवन जिल्ला भेला शनिबार पारसनगरमा सम्पन्न भएको छ । ‘एकीकृत साँस्कृतिक पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न भेलाले भीमप्रसाद पोखरेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

    कार्यसमितिको उपाध्यक्षमा हेमराज पोखरेल र नेत्रबन्धु पोखरेल, सचिवमा इन्द्र पोखरेल, सह सचिवमा सुलभबन्धु पोखरेल र कोषाध्यक्षमा सुमित्रा पोखरेललाई चयन गरिएको प्रतिष्ठानले जनाएको छ । यसैगरी कार्यसमितिका सदस्यहरुमा खेमराज पोखरेल, उमा पोखरेल, ज्ञानेन्द्र पोखरेल, टीकादत्त पोखरेल, रामचन्द्र पोखरेल, चोलाकान्त पोखरेल, माधव पोखरेल, मेघनाथ पोखरेल, नमकला पोखरेल, धनपति पोखरेल र रामचन्द्र पोखरेल चयन हुनुभएको छ ।

    निर्वाचित समितिलाई बधाई दिँदै कार्यक्रमका प्रमुख अतिथि एवम् प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ओमप्रसाद पोखरेलले सबै समुदायले आफ्नो ईतिहास खोजेर संगठित भईरहेका बेला प्रतिष्ठानको यो कार्यमा समाहित हुन सबैलाई अनुरोध गर्नुभयो । अब यो संगठित अभियान परिष्कृत भई देशकै समृद्धितर्फ लाग्नुपर्नेमा उहाँको जोड थियो ।

    कार्यक्रममा उपाध्यक्षहरु शंकरराज पोखरेल र माधवप्रसाद पोखरेल, महासचिव हरिप्रसाद पोखरेल, कोषाध्यक्ष रेखा पोखरेल, सह कोषाध्यक्ष धनप्रसाद पोखरेल र सदस्यहरु भीमप्रसाद पोखरेल र रामप्रसाद पोखरेलले चितवनमा गर्न लागिएको महायज्ञबारे जानकारी गराउँदै हालसम्मका गतिविधिसम्बन्धमा जानकारी गराउनुभएको थियो ।

    केन्द्रीय कार्यालय निर्माण सहयोगार्थ भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानले आगामी माघ ११ गतेदेखि १८ गतेसम्म चितवनको पारसनगरमा वृहद् महायज्ञ सञ्चालन गर्दैछ । चितवनको देवघाटमा पोखरेलहरुको केन्द्रीय प्रतिष्ठान निर्माण गर्न स्व. चुणामणि पोखरेलले दिएको करिब डेढ कठ्ठा जमिनमा भारद्वाज ऋषिको मूर्तिसहित विश्राम गृह र मन्दिर निर्माण गर्ने प्रतिष्ठानको तयारी छ ।

    महायज्ञबाट संकलित रकमले धार्मिक पुस्तकालय निर्माण, एम्बुलेन्स सञ्चालन गर्ने पनि प्रतिष्ठानले जनाएको छ । महायज्ञ सम्पन्न गर्न ओमप्रसाद पोखरेलको संयोजकत्वमा मूल समिति निर्माण गरिएको छ । महायज्ञकै लागि विभिन्न ३२ वटा विषयगत उपसमितिसमेत निर्माण गरिएको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.