सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कश्मीर आक्रमणमा मारिएका सुदीप बुटवलकाः आमा, बहिनी र ज्वाइँपनि थिए सँगै


  •    न्युजभित्तो/१० बैशाख २०८२, बुधबार १५:५७ 
  • काठमाडौं, १० बैशाख । भारतको जम्मु कश्मीरमा मंगलबार लस्कर ए तैयबा समूहले गरेको आक्रमणमा मारिएका नेपाली युवक रुपन्देहीको बुटवलका भएको खुलेको छ । कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा नेपाली युवक सुदीप न्यौपानेसहित २६ जना पर्यटक मारिएका थिए । जसमा एकजना नेपाली २७ वर्षीय सुदीप न्यौपाने पनि रहेको मंगलबार नै खुलेको थियो ।

    परराष्ट्र मन्त्री डा।आरजु राणाले कश्मीरको पाहलगममा भएको आतङ्ककारी आक्रमणमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, कालिकानगर निवासी सुदीप न्यौपानेको गोली लागेर ज्यान गएकी जानकारी दिएकी हुन् । ‘सुदीप न्यौपानेको निधन भएको खबरले निकै मर्माहत भएकी छु । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, परराष्ट्र मन्त्री राणाले भनेकी छिन् ।

    बुटवल उपमहानगरपालिका १४ का वडाअध्यक्ष दधिराम न्यौपानेले आक्रमणमा २७ वर्षीय न्यौपानेको मृत्यु भएको बताएका छन् । न्यौपानेका अनुसार सुदीप गत शनिबार परिवारसहित कश्मीर गएका थिए। सुदीपको शव बुधबार नै नेपाल ल्याउने तयारी भइरहेको उनले बताए । शव काठमाडौं ल्याइने भएकाले बुझ्न आफू त्यतै गएको पनि उनले बताएका छन् । न्यौपाने सुनसरीको धरानमा पब्लिक हेल्थ लिएर पढिरहेका विद्यार्थी रहेको खुलेको छ ।

    उक्त आक्रमणमा उनी आमासमेत घाइते भएको खुलेको छ । उनी गत शनिबार मात्रै आमा रीमा, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेलाई लिएर कश्मीर घुम्न गएका थिए । मंगलबारको घटनामा रीनाका एक मात्रै छोरा सुदीप मारिएका हुन् । रीना पनि घटनामा घाइते भएकी छन् ।

    परराष्ट्रमन्त्री राणाले न्यौपानेको आमा रीनाको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । ‘उहाँहरू घुमघामका लागि त्यहाँ पुग्नु भएको समाचार आएको छ, यस्तो क्रुर र अमानवीय कार्यको जति निन्दा गरे पनि पुग्दैन्,’ उनले भनेकी छन, ‘नेपाल सरकार यो घटनाको निन्दा एवम् भर्त्सना गर्दछ । यस दुःखको घडीमा हामी भारत सरकार र भारतीय जनताको साथमा छौँ ।’

    उनका अनुसार यो घटनाबारेको थप जानकारीका लागि परराष्ट्र मन्त्रालयले भारतीय पक्षसँग सम्पर्क गरिरहेको छ । पहलगाम आक्रमणमा मृत्यु हुनेमा धेरै पर्यटक छन्। मृत्यु हुनेमा भारतको उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाबासी छन् । घटनामा दुई स्थानीयबासी पनि मारिए । भारतीय सेनाका एकजना लेफ्टिनेन्टले पनि ज्यान गुमाए ।

    आक्रमणपछि साउदी अरेबियाको दुई दिने भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी भारत फर्किएका छन्। उनले बुधबार बिहान दिल्लीमा उच्चस्तरीय बैठक राखे। नेपालसहित अमेरिका, इरान, रुस, इटाली, युएई र अन्य देशले घटनाको कडा निन्दा गरेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.