सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वनवयुवराज हृदयन्द्रको टिप्पणी गरेपछि सुरक्षा पन्तमाथि गालीको वर्षा


  •    न्युजभित्तो/१० बैशाख २०८२, बुधबार १५:३९ 
  • काठमाडौँ, १० वैशाख । अभिनेत्री सुरक्षा पन्त यतिबेला चर्चामा छिन् । हालै उनले अन्तर्वार्तामा पूर्वनवयुवराज हृदयन्द्र शाहको विषयमा गरेको एक टिप्पणीलाई लिएर चर्चामा रहेकी हुन् । उनले दिएको टिप्पणीलाई लिएर राजसंस्था समर्थकहरू उनीमाथि खनिएका छन् । उनको अभिव्यक्तिलाई लिएर फेसबुकदेखि टिकटकसम्म उनलाई गालीको वर्षा भइरहेको छ ।

    अन्तरवार्तामा सुरक्षालाई पूर्वनवयुवराज हृदयन्द्र शाहको तस्बिर देखाएर उनको विषयमा टिप्पणी गर्न भनिन्छ । जवाफमा उनले भन्छिन्, ‘ग्रान्ड चाइल्ड अफ किङ‘ पारसको छोरो होइन ? के रे नाम ?’ कार्यक्रम सञ्चालकले उनको नाम भनेपछि उनी उहाँको ठुलो फ्यान छ नि दाइ‘ योङ्स्टर नानी केटीहरूको भन्दै हाँस्छिन् । भन्छिन्, ‘धेरैले उहाँलाई मन पराउनुहुन्छ, हाहाहा‘’

    कार्यक्रममा उनलाई फेरि भविस्यामा कुन रूपमा हेर्न चाहनुहुन्छ रु’ भनेर प्रश्न राख्छन् । ‘आउनुस फिल्म इन्डष्ट्रीमा । राम्रो हुनुहुन्छ । लुक्सहरु राम्रो छ । आइ होप अभिनय पनि सक्नुहुन्छ होला’ उनले भन्छिन् । कार्यक्रममा उनले फिल्म क्षेत्रमा स्वागत समेत भनेकी छन् ।

    अन्तरवार्ताको यो क्लिप अहिले टिकटकमा भाइरल भइरहेको छ । जसमा उनलाई भद्दा गाली गलौच भइरहेको छ ।

    प्रदर्शनमा आउन लागेको फिल्म ‘खेल’कै प्रचार प्रसारको सिलसिलामा उनी अन्तरवार्तामा पुगेकी थिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा
    • भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    • आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.