सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालमा सेवा विस्तार,छ विशिष्टीकृत सेवा सञ्चालन हुने


  •    न्युजभित्तो/१० बैशाख २०८२, बुधबार ११:२८ 
  • चितवन, १० वैशाख । स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पतालमा विभिन्न छ वटा विशिष्टीकृत सेवा यसै महिनाबाट सुरु गर्ने तयारी गरेको छ । काठमाडौँको वीर अस्पतालपछि धेरै बिरामीको चाप थेगिरहेको भरतपुर अस्पतालमा छ वटा सेवा विस्तार गरेर राजधानी जानुपर्ने बाध्यताको अन्त्य गर्ने तयारी गरिएको हो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा। कृष्णप्रसाद पौडेलले स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा विशिष्टीकृत सेवा सञ्चालनको अन्तिम तयारी रहेको जानकारी दिनुभयो ।

    “क्याथल्याबका लागि तयारी पूरा भइसकेको छ, उद्घाटनको काम मात्र बाँकी रहेका छ,” मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा। पौडेलले भन्नुभयो, “उपकरण जडान भइसकेको छ, जनशक्ति तयारी अवस्थामा रहेको छ । मन्त्रीज्यूको समय मिलाएर उद्घाटन गर्ने तयारी हुँदै छ ।”

    जलन वार्ड, निःसन्तानसम्बन्धी उपचार, बच्चाको सर्जरी, कलेजोसम्बन्धी उपचार र नसासम्बन्धी उपचारको यसै महिनाबाट सेवा दिने तयारी भएको हो । क्याथल्याब सुरु भएपछि मुटुसम्बन्धी उपचारका लागि अब अन्यत्र जानुपर्ने बाध्यता हट्ने छ । हृदयाघात, मुटुको रगतका नसासम्बन्धी समस्या, मुटुको भल्भसम्बन्धी समस्या, जन्मजात मुटुरोगलगायतका समस्या भएका बिरामीलाई क्याथल्याबबाट उपचार सेवा दिन सकिन्छ । मुटुमा रक्तनली थुनिँदा मानिसमा हृदयाघात हुने गर्छ । मुटुको शल्यव्रिmया ओपनहार्ट सर्जरी र क्लोजहार्ट सर्जरी गरी दुई तरिकाले गर्न सकिन्छ । सरकारी अस्पतालमा क्याथल्याब नहुँदा बिरामीलाई मेडिकल कलेज पठाउनुपर्ने बाध्यता थियो । सरकार र अस्पतालको गरी कुल ११ करोड ५० लाख रुपियाँमा यो सेवा सुरू गर्न लागिएको प्राडा। पौडेलले बताउनुभयो । थप हुन लागेका धेरै लगानीका कार्यव्रmम सरकारको र अन्य सेवामा अस्पतालको आफ्नै लगानी रहेको उहाँले जानकारी दिनुभयो ।

    अस्पतालमा यसअगाडि नै सञ्चालनमा रहेको जलनको उपचारमा अहिले विशिष्टीकृत रूपमा सेवा सञ्चालन गर्न लागिएको अस्पतालका सूचना अधिकारी डा. रामप्रसाद सापकोटाले बताउनुभयो ।

    “पहिले सामान्य सेवा दिँदै आएको थियो तर अब विशिष्टीकृत रूपमा दिँदै छौँ,” उहाँले भन्नुभयो । अब भरतपुर अस्पतालमा भएका बिरामीलाई अन्य अस्पतालमा पठाउनुपर्ने अवस्था नरहेको र राजधानी पछि धेरै सेवा दिने भरतपुर अस्पताल भएको डा। सापकोटाले भन्नुभयो ।

    भरतपुर अस्पतालसहित देशभरका विभिन्न आठ वटा सङ्घीय अस्पतालमा १५ वटा नयाँ सेवा वैशाखभित्रै सुरू गर्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ । अस्पतालमा आइसियुसहितको सात शøया जलन वार्डमा रहने छ । अस्पतालमा अहिले तीन शøयाबाट जलन सेवा दिँदै आएको छ । त्यसलाई आइसियुसहितको सात शøयाको क्षमता वृद्धि गर्न लागेको हो ।

    निःसन्तानपनाको उपचारका लागि इनफर्टिलिटी क्लिनिक सञ्चालन हुने छ । कृत्रिम गर्भाधानबाट निःसन्तानको उपचार गरिने छ । क्लिनिकबाट टेस्टट्युबबाहेकका सेवा पाउन सकिने छ । ‘निःसन्तानसम्बन्धी समस्या भएका धेरै पाएका छौँ’, सूचना अधिकारी डा। सापकोटाले भन्नुभयो, “ढिलो गरी विवाह गर्ने, रोजगारीका लागि विदेश जाने, जोखिम स्थानमा काम गर्नेमा यस्ता समस्या देखिएको छ । ती वर्गका लागि अस्पतालले दिने सेवा सर्वसुलभ हुने छ,” उहाँले भन्नुभयो ।

    अस्पतालले छ वटा विशिष्टीकृत सेवाबाहेक अन्य सेवालाई पनि विस्तार गर्दै लैजाने तयारी गरेको छ । अस्पतालले यसै महिनाबाट सिमुल्टेसन ल्याबमा नयाँ चिकित्सकलाई मानिसको डमीमा शल्यव्रिmया गर्न सिकाइने भएको छ । बिरामीको अपरेसन थाल्नुअघि यो ल्याबमा चिकित्सकलाई अभ्यास गराइने छ । स्तनपानलाई प्रवर्धन गर्न ल्याक्टेसन म्यानेजमेन्ट युनिट स्थापना गरिँदै छ । स्तनपान गराउने महिलाको दुध यहाँ भण्डारण गर्न पनि सकिने छ । शल्यचिकित्सा प्रशिक्षणका लागि क्याडाभर ल्याब स्थापना गर्न लागिएको हो । यस ल्याबमा चिकित्सा क्षेत्रका विद्यार्थी, सर्जनलगायतले मानवको मृत शरीरमा अनुसन्धान गर्न र शल्यव्रिmया सिपको विकास गर्न सक्ने छन् । क्याथल्याबबाहेक अन्य नयाँ सेवाका लागि अस्पतालमा भएकै कर्मचारीलाई परिचालन गरिने तयारी गरेको हो । क्याथल्याबका लागि चार जना चिकित्सकसहित २२ जना कर्मचारीलाई तालिम दिएर तयार पारिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.