सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तिलामा स्वास्थ्य शिविर सञ्चालन गरिने


  •    न्युजभित्तो/९ बैशाख २०८२, मंगलवार १४:०५ 
  • जुम्ला, ९ वैशाख । तिला गाउँपालिकाले विशेषज्ञ सेवासहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । यही वैशाख ११ देखि १२ गतेसम्म घोडेमहादेव स्वास्थ्य चौकी र वैशाख १३ देखि १४ गतेसम्म कुडारी स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो ।

    स्वास्थ्य शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक टोलीले बिरामीको जाँच गर्ने तिला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हर्क रावतले जानकारी दिनुभयो । चार दिनसम्म सञ्चालन हुने स्वास्थ्य शिविरबाट लाभ लिन उहाँले आग्रह गर्नुभयो ।

    ‘जनतासँग अध्यक्ष–उपाध्यक्ष चिकित्सक कार्यक्रम’अन्तर्गत घोडेमहादेव स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो । गत फागुन १४ गते स्वास्थ्य शाखाले पालिकाको जुम्लाकोट स्वास्थ्य चौकीमा समेत क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन शिविर सञ्चालन गरेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.